मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १५ बुधबार १८:५२:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मुवाँथाईको वर्षखेलाडी सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १५ बुधबार १८:५२:००

नेपाल राष्ट्रिय मुवाँथाई संघले वार्षिक रूपमा प्रदान गर्दै आइरहेको वर्षखेलाडी सम्मान पुरस्कारबाट पलिस्था कक्षपतिलाई सम्मान गरेको छ । पलिस्थालाई २०१९ को बर्ष खेलाडी सम्मान बाट पुरस्कृत गरिएको हो । सम्मानित कक्षपतिलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले ५० हजार प्रदान गर्दै सम्मानित गरेका हुन् । 

कक्षपतिले २०१९ मार्च ७ देखि १८ सम्म थाइल्यान्डमा भएको १६औँ विश्व मुवाँथाई च्याम्पियनसिपमा ३० केजी तौल समूहमा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । यसै सफलताको आधारमा संघले पलिस्थालाई २०१९ को वर्षखेलाडी घोषणा गरेको हो । 

कोभिड– १९ का कारण उपयुक्त समयअनुसार सम्मान कार्यक्रम संघले राखेको हो । यस्तै संघले २०१९ मा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १२ उत्कृष्ट खेलाडीहरूलाई खेल पोसाक (ट्रयाकसुट) प्रदान गरेको छ । 

सम्मानित हुने खेलाडीहरूमा गुणराज रुचाल, राहुल ठोकर, रसिव जारी, विजय लामा, दिल ठोकर, अभिषेक राई, सन्दीप तामाङ, सन्तोष खत्री, शर्मिला मोक्तान, सञ्जय राई, गुनसाङ तामाङ रहेका छन् ।

राखेप उपाध्यक्ष कोइरालाले संघहरूको यस्तो किसिमको कार्यक्रमले खेलाडीको हौसला अभिवृद्धि गर्न मद्दत पुग्ने बताए । उपाध्यक्ष कोइरालाले राखेपमा दर्ता रहेर पनि क्रियाशील नरहने संघहरूको अस्तित्व नरहने र भद्रगोल रूपमा चलेको नेपाली खेलकुदलाई व्यवस्थित रूपमा अगाडि बढाउने प्रयास सुरु भइसकेको बताए । 

कोइरालाले भने, ‘राखेपमा संघ दर्ता गर्ने मात्र नभई राखेपले दायित्व पनि लिनुपर्ने र राष्ट्रिय संघले पनि परिषद्बारे जानकारीका साथै परिषद्लाई सहयोग गर्नुपर्नेछ ।’