मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तस्वीर : शाक्यकाे फेसबुकबाट
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १५ बुधबार १४:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपा प्रचण्ड–नेपाल समूहको बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १५ बुधबार १४:२९:००

प्रचण्ड–नेपाल समूहको नेकपाको बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरिएको छ । 

यसअघि संसदीय दलको नेतामा डोरमणि पौडेल थिए । उनी अहिले प्रदेशको मुख्यमन्त्री हुन् । 

उनी ओली पक्षको नेकपामा रहेपछि प्रचण्ड–नेपाल समूहले शाक्यलाई प्रदेश संसदीय दलको नेता चुनेको हो । 

मुख्यमन्त्री पौडेलविरुद्ध  प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्तासमेत भइसकेको छ ।

उनलाई मुख्यमन्त्रीबाट हटाएर शाक्यलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरिएको छ ।

पेरिसडाँडास्थित नेकपाको कार्यालयमा बसेको प्रचण्ड–नेपाल समूहको नेकापको बागमती प्रदेश सांसदहरूको बैठकले शाक्यलाई नेता चुनेको स्रोतले जनाएको छ ।