१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १२:१८:oo
Read Time : > 2 मिनेट
ad
ad
फिचर

कोरोना महामारीबीच २०२० मा भएका यी हुन् ठूला राजनीतिक घटना

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:१८:oo

सन् २०२० मा विश्वभर कोरोना भाइरस (कोभिड– १९) सम्बन्धी समाचारले नै प्रमुख प्राथमिकता पाए । विश्वका शक्तिशाली व्यक्तिहरू संक्रमित भएकादेखि यसबाट संक्रमितको संख्या, निधन तथा निको भएको समाचार अन्तर्राष्ट्रिय मिडियाले निरन्तर प्रकाशित–प्रसारित गरिरहे । यसका बाबजुद पति यस वर्षमा विभिन्न राजनीति घटनाहरू चर्चामा रहे । 

अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता

अफगानिस्तानमा १८ वर्षदेखि जारी तालिबान विद्रोही र अमेरिकी सैनीकबीच चलेको द्वन्द्व यसै वर्ष अन्त भएको छ । अमेरिकाले यसै वर्ष तालिबानसँग सम्झौता गर्दै आफ्नो सैनिक फिर्ता लगेको छ । सन् २०१६ मा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि अफगानिस्तानमा अमेरिकी सेना नराख्ने घोषणा भएको थियो । अफगानिस्तानमा अमेरिकी सैनिक राख्दा आर्थिक भार बढेको ट्रम्पको भनाइ थियो । यही कारण पनि उनले सैनिक फिर्ता बोलाएका हुन् । 

करिब १८ वर्षको युद्धमा अफगानिस्तामा एक लाख ५७ हजार मानिसले ज्यान गुमाएका छन् । यो युद्धका कारण २५ लाख अफगानिस्तानका नागरिकले शरणार्थी जीवन बिताउनुपरेको मानव अधिकारकर्मीहरूको भनाइ छ । युद्धमा अमेरिकाका २४ सय सैनिकले ज्यान गुमाएका थिए भने नेटोका ११ सय सैनिक युद्धमा मारिए । अमेरिकी तथ्यांकअनुसार तालिबानसँगको युद्धमा अमेरिकाले दुई अर्ब डलरभन्दा बढी खर्च गरेको छ । 

अमेरिका र तालिबानबीचको सम्झौतामा पनि सेना फिर्ता हुनुपर्ने उल्लेख छ । यो वर्षको ठूलो सफलताका रूपमा अमेरिका र तालिबानबीचको सम्झौतालाई लिइएको छ ।

इजरायलसँगको सम्बन्ध
पेट्रोल र ग्यासको धनी अरेबियन राष्ट्रहरूबीच त्यति राम्रो सम्बन्ध छैन । यस वर्षको अगस्ट र सेप्टेम्बरमा तीन राष्ट्रहरूले एक–आपसमा ऐतिहासिक सम्झौता गरे । संयुक्त अरब इमरेट्स (युएई) र बहराइनले इजरायलसँग सम्बन्ध सुधार गरेका छन् । 

२५ वर्षपछि इमरेट्स र बहराइनले इजरायलसँग सम्बन्ध गाँसेका हुन् । इजरायल र मध्यपूर्व एसियाबीचको सम्बन्ध सुधारमा अमेरिका र युरोपियन राष्ट्रले समर्थन गरेका छन् । अन्तर्राष्ट्रिय विश्लेषक रियान बोहलले युएईले इजरायल र बहराइनको साथ लिएर इरानविरुद्ध मोर्चा बनाएको बताएका छन् । ‘यदि अमेरिका मध्यपूर्व एसियाबाट बाहिर आयो भने यस क्षेत्रमा युएईले आधिपत्य जमाउन सक्छ,’ विश्लेषक रियानले भने, ‘यसकारण बहराइनले इमिरेट्ससँग किन सम्बन्ध बढायो र इमिरेट्सले पनि किन बहराइनसँग हात मिलायो भन्ने गम्भीर प्रश्न छ ।’ 

युरोपमा कोरोनाविरुद्ध कोष
सुरुमा कोरोना भाइरसलाई सामान्य रूपमा लिएको कारण युरोपमा यसले विकराल रूप लियो । कोरोनाविरुद्धको लडाइँमा सबै युरोपियन मुलुकले एक हुने प्रतिबद्धता जनाए । जुलाई २०२० मा चार दिनसम्म चलेको युरोपियन युनियनको बैठकमा कोरोनाविरुद्ध लड्न कोष खडा भयो । यस कोषमा आठ लाख ६० हजार डलर जम्मा पारिने भनिएको थियो । यस कोषमा अनिवार्य रूपमा सबै सदस्यहरूले रकम जम्मा गर्नुपर्ने सहमति भएको थियो । बैठकले चार लाख ४५ हजार डलर सहयोगको रूपमा बाँडिने तथा ४१ हजार डलर ऋणस्वरूप प्रदान गर्ने निर्णय भएको थियो ।

आरसिइपी व्यापार सम्झौता
१५ नोभेम्बर ०२० मा एसिया प्रशान्त क्षेत्रका १५ राष्ट्रले व्यापारिक सम्झौता गरेका थिए । यसलाई इकोनोमिक पार्टनरसिप भनी आरसिइपी नाम दिइएको छ । सम्झौता गरेका राष्ट्रको जनसंख्या हे¥यौँ भने विश्वकै एकतिहाइ यहाँ छ । सम्झौता गर्नेमा चीन, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र न्युजिल्यान्ड पनि छन् । युरोप, अमेरिका तथा मेक्सिकोबीचको सम्झौताभन्दा आरसिइपीलाई अगाडि रहेको मानिएको छ । आरसिइपीको धारणा चीनले ल्याएको थियो । सन् २०१२ मै चीनले एसिया प्रशान्त क्षेत्रका राष्ट्रबीच आपसी सम्झौता र सम्बन्ध हुनुपर्ने बताउँदै चीनले आरसिइपीको अवधारण प्रस्तुत गरेको थियो । 

इयूबाट बाहिरियो बेलायत

३१ जनवरी ०२० मा बेलायतीहरूले आफू युरोपियन युनियन (इयू) बाट बाहिरिएको दिनका रूपमा सम्झने छन् । हुन त सन् ०१६ मै बेलायत इयूबाट बाहिरिने कि रहिरहने भन्ने सन्दर्भमा जनमतसंग्रह भएको थियो । त्यसै जनमतसंग्रहलाई मान्यता दिन बेलायत सरकारले ब्रे्रक्जिटलाई मान्यता दियो । सरकारले फैसला गर्न ११ महिना लगाएको थियो । 

अमेरिकी निर्वाचन

यो वर्ष सबैभन्दा ठूलो राजनीतिक घटनाको रूपमा ४६औँ अमेरिकन राष्ट्रपतीय निर्वाचन हो । गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा डेमोक्र्याटका जो बाइडेन र रिपब्लिकनबाट डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा भएको थियो । निर्वाचनअघिको एजिक्ट पोलमा यी दुईबीच प्रतिस्पर्धा निकै चल्यो । राष्ट्रपति निर्वाचनमा बाइडेनले सबैलाई आश्चर्यमा राख्दै ट्रम्पलाई इलेक्टोरल भोटिङमा हराए । 

यो दुई दशकको इतिहासमा लगातार दोस्रोपटक राष्ट्रपति बन्ने इतिहास ट्रम्पले बनाउन सकेनन् । राष्ट्रपति निर्वाचनमा दुवै उम्मेदवारले धेरै कीर्तिमान बनाए । बाइडेन अहिलेसम्म सर्वाधिक मत पाउने व्यक्ति बनेका छन् । पपुलर र इलेक्टोरल भोटिङमा नराम्रोसँग पराजित हुने ट्रम्प हुन् । 
–एजेन्सीको सहयोगमा 
 

ad
ad