मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष १५ बुधबार
  • Monday, 16 December, 2024
२o७७ पौष १५ बुधबार ११:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चार महिनापछि चुनाव पनि हुँदैन, ओली पनि प्रधानमन्त्री रहँदैनन् : पुन (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ पौष १५ बुधबार ११:४६:oo

नेकपा प्रचण्ड–नेपाल समूहका नेता वर्षमान पुनले देशमा वैशाखमा चुनाव नहुने बताएका छन् । साथै उनले चुनाव पनि नहुने र चार महिनापछि केपी ओली प्रधानमन्त्री पनि नहुने बताएका छन् । 

रोल्पामा बुधबार आयोजित पत्रकार भेटघाटमा उनले संसद् विघटन गैरसंवैधानिक कदम रहेको पनि बताए । 

साथै यो कदमले इतिहासलाई उल्टो दिशामा लैजान खोजिएको आरोप उनको छ । 

उनले वैशाखमा घोषणा गरिएको चुनाव, चुनाव गर्नका लागि नै नभएको बताए । अहिले संविधान रक्षाको विषय सबैभन्दा महत्वपूर्ण रहेको उनको भनाइ छ ।