मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ पौष १४ मंगलबार
  • Saturday, 12 July, 2025
२o७७ पौष १४ मंगलबार o६:२८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

राष्ट्रिय वाणिज्य बैंकले टाटा गाडीमा लगानी गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ पौष १४ मंगलबार o६:२८:oo

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडबीच सहुलियतपूर्ण तथा सवारी कर्जा लगानी गर्ने सम्बन्धमा दुईवटा सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

सहुलियतपूर्ण कर्जा लगानीसम्बन्धी सम्झौतामा टाटा कम्पनीका व्यापारिक सवारीसाधन खरिद गरेर व्यवसाय गर्न चाहने उद्यमीलाई सिप्रदी ट्रेडिङले आफ्नो तालिम केन्द्रमा आवश्यक तालिम प्रदान गरी तालिमप्राप्त व्यक्तिलाई कर्जाका लागि बैंकमा सिफारिस गर्ने जनाइएको छ । सिफारिसअनुसार उद्यमीलाई नियमानुसार सहुलियतपूर्ण कर्जा लगानी गर्ने बैंकले जनाएको छ । 

त्यस्तै, निजी तथा व्यापारिक सवारी कर्जा लगानीसम्बन्धी सम्झौता भएको कम्पनीले जनाएको छ । सम्झौताअनुसार निजी तथा व्यापारिक सवारीसाधन सिप्रदी ट्रेडिङमार्फत खरिद गर्न चाहने ग्राहकलाई बैंकले नियमानुसार कर्जा लगानी गर्ने जनाइएको छ । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रतिस्पर्धी क्षमता वृद्धि गर्नका लागि ठूला व्यापारिक संस्थाहरूसँगको सहकार्य फलदायी हुने बताए । 

उपहार योजनाको विजेता घोषित
टाटा मोटर्स नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सको सहआयोजनामा ‘यो दसैँ–तिहारमा किन मान्ने बोर, टाटा मोटर्सले दिन्छ उपहार मोर’ नामक ग्राहक लक्षित उपहार योजनाअन्तर्गतको बम्पर लक्की ड्र कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ । प्रतिकूल परिस्थितिका कारण डिजिटल प्रविधिका माध्यमबाट फेसबुक लाइभमार्फत कार्यक्रम सम्पन्न गरिएको हो । 

कार्यक्रममा देशभरबाट सहभागी भएका १ हजार ३ सयभन्दा बढी सहभागीहरूमध्ये भाग्यशाली ३४ जना ग्राहकले उपहार प्राप्त गरिसकेको कम्पनीले जनाएको छ । 

जसअनुसार काठमाडौं र पोखराबाट १२ जना, बुटवलबाट ५ जना, हेटौँडाबाट ६ जना, इटहरीबाट ५ जना र नेपालगन्जबाट ६ जना गरी कुल ३४ जना भाग्यशाली ग्राहकले उपहार जितेको जनाइएको छ । उपहारअनुसार एलजी ३१० लिटरको डबल डोर रेफ्रिजेरेटर ६ जनाले, एलजी ८ केजी फ्रन्ट लोड वासिङ मेसिन ६ जनाले, सोनी ५५ इन्च इन्टरनेट टिभी ६ जनाले, सामसङ नोट ट्वान्टी ७ जनाले र सामसङ ट्याब्लेट ९ जनाले जितेको कम्पनीले जनाएको छ ।