१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १७:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ओलीका सबै उम्मेदवारको जमानत जफत हुन्छ : पौडेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:५२:oo

कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर संसदीय व्यवस्थाप्रतिको लोकप्रियता घटाएको आरोप लगाएका छन् ।

उनले ओली मात्रै नभएर प्रचण्ड र माधव नेपाल पनि यसको दोषी भएको बताएका छन् । तनहुँ क्षेत्र नं. २ ले आयोजना गरेको विरोध सभामा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन्। 

‘हिजो एकातिर उपचार नभएर मान्छे मरिरहेका थिए, तर उहाँहरूलाई नारायणकाजी र वामदेवलाई राष्ट्रिय सभामा लैजानुपर्ने कुरा प्राथमिकतामा थियो, उपसभामुख कसरी सधैँलाई खाली राख्ने ? भन्ने उहाँहरूको प्राथमिकता थियो, आज उहाँहरू फुट्नुभएको छ, तर यी सबैको जिम्मेवार ओली मात्रै होइनन्, प्रचण्ड र माधव नेपाल पनि उत्तिकै दोषी छन् । सिंगो नेकपा यसको दोषी हो,’ नेता पौडेलले भने ।
 
उनले नेपालमा स्थिरता चाहिन्छ भनेर संविधानमा संसद्लाई अवधिभन्दा पहिल्यै विघटन गर्न पाउने व्यवस्था नराखिएको स्पष्ट पारे । ‘संविधानले दुई वर्षसम्म प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव लाउन नपाउने व्यवस्था किन गरेको ? यो देशमा ओलीभन्दा बाहेक प्रधानमन्त्री हुन लायक मान्छे नभएर हो ? हाेइन, नेपालमा स्थिर सरकार चाहिन्छ भनेर हो,’ नेता पौडेलले भने । 

नेता पौडेलले केपी ओली आफूले हारेर देशलाई जिताउने गिरिजाप्रसाद कोइराला नभएको टिप्पणी गरे । ‘ओलीजी चुनावमा जानुभयो भने नेपालका सबै निर्वाचन क्षेत्रमा उहाँका उम्मेदवारले चुनाव जित्दैनन्, जमानत जफत हुन्छ, अनि आफूले कहीँ नजित्ने चुनाव उहाँले गर्नुहुन्छ ?,’ पौडेलले प्रश्न गरे । ‘आफूसँग भएको दुईतिहाइ त पुगेन भनेर उहाँले संसद् विघटन गर्नुभयो, अब उहाँलाई योभन्दा धेरै सिट चाहिएको छ, के त्यो सम्भव छ ?’ उनले भने । 

‘हिजो गिरिजाप्रसाद कोइरालालाई ०६४ सालमा कांग्रेसले चुनाव जित्दैन, नगराउनुस् भनेर थुप्रै मान्छेहरूले भने, मैले मेरै कानले सुनेको छु, उहाँले भन्नुभएको थियो, ‘मेरो पार्टी अहिले हार्ला, तर चुनाव हुने थिति बस्यो भने अर्कोपटक जित्छ । तर, अहिले चुनाव भएन भने लोकतन्त्र हार्छ, देश हार्छ, देश हार्नुभन्दा कांग्रेस हारेको राम्रो हुन्छ भनेर उहाँले चुनाव गराउनुभयो, केपी ओलीजीले त्यसो गर्न सक्नुहुन्छ ?’ नेता पौडेलले प्रश्न गरे ।

‘हिजो शेरबहादुर देउवाले चुनाव गर्दा दुईवटा कम्युनिस्ट पार्टी मिलेको थियो, दुईवटा पार्टी मिलेपछि कांग्रेसले हार्छ भन्ने अनुमान गर्न सकिन्थ्यो, तर निर्वाचन शेरबहादुर देउवाको नेतृत्वमा भयो नि, त्यसैले कांग्रेस भने लोकतन्त्रवादीहरूको पार्टी हो,’ नेता पौडेलले अघि थपे, ‘कम्युनिस्ट भनेको अधिनायकवादीहरूको पार्टी हो, केपी ओलीजीले आफूले हार्ने चुनाव कुनै पनि हालतमा गर्नुहुन्न ।’ 

उनले ओलीले चुनावको घोषणा गरे पनि चुनाव आउन लागेपछि संकटकाल घोषणा गर्ने योजना बनाएको आरोप लगाए । ‘वैशाखको १७ गते उहाँले चुनावको घोषणा गर्नुभएको छ, १३ गतेतिर उहाँले संकटकाल लगाउनुहुन्छ, संकटकाल सकिएपछि उहाँले राष्ट्रपति शासन लगाउनुहुन्छ, केपी ओलीजी गणतन्त्रवादी पनि होइन, संघीयतावादी पनि होइन, लोकतन्त्रवादी पनि होइन, उहाँ शाही मानसिकतावादी हो,’ उलने भने, ‘त्यसैले उहाँ नेपालमा अस्थिरता ल्याएर नेपाललाई प्रतिगमनतिर लैजान उद्यत् हुनुहुन्छ, त्यसैले यो समस्याको समाधान संसद्को पुनर्वहाली नै हो ।’ उनले असंवैधानिक भनेको एकदमै ठूलो राजनीतिक अपराध भएको टिप्पणी गरे । 
  

ad
ad