१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १३ सोमबार १४:३३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लालबकैया नदी आयोजनामा भ्रष्टाचार : निर्माण व्यवसायी महासंघका अध्यक्षसहितलाई भ्रष्टाचार मुद्दा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १३ सोमबार १४:३३:००

लालबकैया नदी नियन्त्रण आयोजनामा तीन करोड रुपैयाँभन्दा धेरै अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना प्रमुख तथा ठेकेदारविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोजना प्रमुख राजकुमार श्रीवास्तव, इन्जिनियर पाण्डवप्रसाद देव, महादेव खिम्ती निर्माण सेवा प्रा.लि.का मेनेजिङ डाइरेक्टर रवि सिंह र महादेव खिम्ती र मैनाचुली जे.भी. का साझेदार मैनाचुली निर्माण सेवा प्रा.लि.का मेनेजिङ डाइरेक्टर मदनकुमार अधिकारी तथा महादेव खिम्ती र मैनाचुली जे.भी.का आधिकारिक प्रतिनिधि सन्तोष प्रधान (शाही) विरुद्ध आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएका निर्माण व्यवसायी रवि सिंह नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष हुन् भने मदन अधिकारी महासंघका सल्लाहकार हुन् ।  

आयोजनाको स्टड निर्माणमा प्रयोग कम गुणस्तरको तार प्रयोग गरिएको अनियमिता भएको आयोगले जनाएको छ । रनिङ बिलदेखि सातौँ रनिङ बिलसम्मका सातवटा बिलहरूको भुक्तानी गर्दा कुनै परीक्षण नै नगरी स्टड निर्माणमा प्रयोग भएको गुणस्तरहीन ग्यावियन तारलाई स्वीकृत स्पेसिफिकेसनबमोजिम गुणस्तरयुक्त भएको भनी प्रतिवेदन दिएर भुक्तानी दिइएको थियो ।

इन्जिनियर पाण्डवप्रसाद देवले सिफारिस गरेको तथा आयोजना प्रमुख राजकुमार श्रीवास्तवले बिल स्वीकृत गरी भुक्तानी दिएको आयोगले जनाएको छ । आयोजनामा तीन करोड ६५ लाख नौ हजार चार सय ६५ रुपैयाँ अनियमितता गरेको आयोगले जनाएको छ ।

महादेव खिम्ती र मैनाचुली जे.भी.का आधिकारिक प्रतिनिधि सन्तोष प्रधान (शाही)ले  भुक्तानी लिएकाले उनलाई पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ । सबैलाई तीन करोड ६५ लाख नौ हजार चार सय ६५ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।