मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
एजेन्सी हैदराबाद
२०७७ पौष १२ आइतबार १४:१७:००
Read Time : < 1 मिनेट
सप्तरंग

बलिउड अभिनेता रजनीकान्तको मेडिकल रिपोर्ट सामान्य : अपोलो अस्पताल

Read Time : < 1 मिनेट
एजेन्सी हैदराबाद
२०७७ पौष १२ आइतबार १४:१७:००

गत शुक्रबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका बलिउड अभिनेता रजनीकान्तको मेडिकल रिपोर्ट सामान्य देखिएको छ । हैदराबादस्थित अपोलो अस्पतालले आइतबार जारी गरेको विज्ञप्तिअनुसार रक्तचापमा सामान्य घटबड भएको र सोही कारण अस्वस्थ महसुस भएको हो । उनको अवस्था चिन्ताजनक छैन । रिपोर्टअनुसार अवस्था हेरेर चिकित्सकले अस्पतालबाट डिस्चार्ज दिने सम्बन्धमा निर्णय गर्नेछन् ।  

अस्पतालले ७० वर्षीय सुपरस्टारको स्वास्थ्यसँग सम्बन्धित सबै परीक्षण गरेको र परीक्षणबाट कुनै पनि असामान्य अवस्था नरहेको जनाएको छ । यसअघि उनले सन् २०२१ मा तमिलनाडु विधान सभा चुनावभन्दा अघि आफ्नै नेतृत्वमा राजनीतिक पार्टी खोल्ने घोषणा पनि गरेका थिए ।