१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष १२ आइतबार
  • Wednesday, 02 July, 2025
तस्वीर : रायमाझीकाे फेसबुकबाट
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष १२ आइतबार १२:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसी कार्यान्वयन हुन्छ, विदेशी सहयोग ल्याउन हुन्न भन्नु अपराध हो : ऊर्जामन्त्री रायमाझी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष १२ आइतबार १२:o७:oo

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले विवादास्पद अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) लागू गर्नुपर्ने बताएका छन् । 

आइतबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै नवनियुक्त ऊर्जामन्त्री रायमाझीले कुनै पनि वैदेशिक लगानीलाई अस्वीकृत गर्न नहुने भन्दै एमसिसीलाई लागू गरेर अगाडि बढ्नुपर्ने बताए । 

उनले एमसिसी सम्झौतामा देशको स्वाभिमान कमजोर पार्ने विषय भएमा सच्याएर भए पनि कार्यान्वयनमा लैजानुपर्ने बताए । 

उनले भने, ‘एमसिसीमा कतिपय सम्झौता गर्दाखेरि देशको स्वाभिमानलाई कमजोर पार्ने खालका बुँदाहरू छन् भने त्यसलाई सुधार गर्न सकिन्छ, तर हामीले विदेशी लगानीलाई ल्याउन हुन्न भन्ने कुरा, यो अपराध नै हो, यो हाम्रो देश कोल्याप्स हुन्छ, हाम्रो देशमा आक्रमण हुन्छ भन्ने कुराहरूमा मलाई विश्वास छैन ।’

पछिल्लो समयका हरेक सरकारले एमसिसीलाई अनुमोदन गर्दै आएकोले पनि पास गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । 

एमसिसी लागू गर्न नसक्ने हो भने भारतसँग जोड्ने ट्रान्समिसन लाइन निर्माण हुन नसक्ने र यसले देशको ऊर्जा उत्पादनमा ठूलो नोक्सानी पुऱ्याउने उनले बताए ।