१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार १o:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश १ सांसद उषाकला राईद्वारा ओली पक्षको केन्द्रीय सदस्य पद अस्वीकार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:२५:oo

प्रदेश १ सांसद तथा नेकपा नेतृ उषाकला राईले नेकपा ओली पक्षले दिएको केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छिन् । उनले प्रधानमन्त्री केपी ओलीले आफूलाई सम्मानपूर्वक दिनुभएको केन्द्रीय सदस्य पदको जिम्मेवारी सम्हाल्न नसक्ने बताएकी छिन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राईले जनताभन्दा ठूलो पद र पैसा नभएको भन्दै आफूले पद अस्वीकार गरेको बताएकी छिन् । उनले लेखेकी छिन्, ‘यो कम्युनिस्ट आन्दोलनमा म लागेको पनि चार दशक भएको छ । तर, पद र पैसा केही होइन । जनताको पैसा खाइन्न, बरु भोकै मर्न तयार हुनुपर्छ भन्ने हाम्रो मान्यता छ ।’

भ्रष्टाचारको अन्त्य गरी समृद्धिका मुद्दाहरूलाई अगाडि बढाइरहेको वेला ती सबै कुरा अलपत्र  पार्ने काममा आफू नलाग्ने बताएकी छिन्।  

ad
ad