१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o६:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई बैंकद्वारा नागरिक केयर सेन्टर भवन निर्माणका लागि सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:१७:oo

ग्लोबल आइएमई बैंक लिमिटेडले विराटनगरमा निर्माणाधीन नागरिक केयर सेन्टरको भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । बैंकले २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो । 

बैंकका प्रदेश नम्बर १ का प्रादेशिक प्रमुख सुवास सापकोटाले मोरङ व्यापार संघ, विराटनगरमा आयोजित कार्यक्रममा नागरिक केयर सेन्टरका संयोजक पवनकुमार सारडालाई सहयोग रकमबराबरको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ । 

केयर सेन्टरका संयोजक सारडाले ग्लोबल आइएमई बैंकले भवन निर्माणका लागि आर्थिक सहयोग गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेको देख्दा निकै हर्षित भएको बताएको बैंकले जनाएको छ ।

हाल बैंकले ७३ जिल्लामा २ सय ६४ शाखा, २ सय ३९ एटिएम, ४७ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २ सय ४१ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि–सम्पर्क कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ । 

ad
ad