१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २ बिहीबार
  • Wednesday, 03 July, 2024
२o७७ पौष २ बिहीबार १४:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

मालपोत प्रमुखसहित चार कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ पौष २ बिहीबार १४:३६:oo

मालपोत कार्यालय, तुलसीपुरका प्रमुख मालपोत अधिकृतसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

दुई कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरी अनुसन्धान गर्दा कार्यालय प्रमुखसहित थप दुई कर्मचारीको संलग्नता देखिएको हो।

कार्यालयका ना‍यव सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मीनराज गैरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले तीन लाख २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो । 

सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने आश्वासनमा उनीहरूले घुस लिएका थिए । 

अनुसन्धानको क्रममा मालपोत कार्यालय, तुलसीपुर दाङका कार्यालय प्रमुख मालपोत अधिकृत नरेशकुमार खड्का, मुद्दा फाँटका ना‍यव सुब्बा केशवराज अधिकारीको  समेत त्यसमा मिलेमतो देखिएपछि उनीहरूविरुद्ध समेत बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको छ ।  

चारैजनाविरुद्ध तीन लाख २० हजार बिगो कायम गरी मुद्दा दायर भएको हो ।

ad
ad
ad
ad