१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
एजेन्सी
२o८१ बैशाख २१ शुक्रबार १४:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट

अमेरिकामा कोरोना भाइरसविरुद्धको 'भ्याक्सिनेसन' सोमबारदेखि

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:oo:oo

औषधि उत्पादक कम्पनी फाइजर/बायोन्टेक कम्पनीले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन भोलि सोमबारदेखि अमेरिकी नागरिकहरूले पाउने भएका छन् । सरकारी अधिकारीहरूका अनुसार यो भ्याक्सिन आपतकालीन अवस्थामा रहेकाहरूलाई सुरुमा लगाइनेछ । 

औषधि वितरणको जिम्मा लिएका गुस्टाभ प्रार्नाका अनुसार पहिलो चरणका लागि तीन करोड डोज भ्याक्सिन देशभरका लागि छुटिसकेको छ । यो खोप २४ घन्टाभित्र देशका सबै स्थानमा पुगिसक्ने उनको भनाइ छ । यो भ्याक्सिनले कोरोनाविरुद्ध ९५ प्रतिशत सुरक्षा दिने फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए)ले जनाएको छ ।

अमेरिकामा कोरोना भाइरस संक्रमण दर निरन्तर बढी नै रहेको छ । शनिबार मात्रै पनि तीन हजार तीन सय नौजनाले संक्रमणका कारण ज्यान गुमाउनुपरेको जोन्स होप्किन्स युनिर्भसिटीले जनाएको छ । यो संख्या हालसम्मकै सबैभन्दा बढी हो । अमेरिकामा गत नोभेम्बरबाट संक्रमितको मृत्युदर बढिरहेको छ ।

एफडिएले गत शुक्रबार मात्रै फाइजर–बायोन्टेकको भ्याक्सिन आपतकालीन अवस्थामा प्रयोग गर्न सकिने गरी अनुमति दिएको थियो । एफडिएलाई फाइजरको भ्याक्सिनलाई प्रयोगमा ल्याउन अनुमति दिन राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत दबाब दिएको उल्लेख छ । 

यसअघि नै फाइजरको भ्याक्सिन प्रयोगका लागि बेलायत, बहराइन, क्यानडा र साउदी अरबले अनुमति दिइसकेका छन् । यिनै देशहरूमा जस्तै अमेरिकाले पनि पहिलो चरणमा स्वास्थ्यकर्मी, केयर होममा आश्रित र उनीहरूको रेखदेख गर्ने कर्मचारीलाई भ्याक्सिन दिने अपेक्षा गरिएको छ । 

ad
ad