मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ मङ्सिर २८ आइतबार ०९:०१:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सेनाले संरक्षण गर्दै  दैलेख र सुर्खेतका दुई गढी 

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ मङ्सिर २८ आइतबार ०९:०१:००

नेपाली सेनाले स्थानीय तहसँगको सहकार्यमा सुर्खेतको बयालकाँडा गढी र दैलेखको कोतगढीको संरक्षण तथा पुनर्निर्माण गर्ने भएको छ । यसका लागि सेनाले पुनर्निर्माण अभियान सुरु गरेको छ । 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ गोठीकाँडामा अवस्थित बयालकाँडा गढी पाँच कठ्ठा १३ धुर जग्गामा रहेको छ । त्यसको पुनर्निर्माण तथा संरक्षण स्थानीय सरकारको सहयोगमा गरिने नेपाली सेना उत्तरपश्चिम पृतनापतिको कार्यालयले जनाएको छ । नेपाल एकीकरणको दौरान बयालकाँडा क्षेत्रमा सुरक्षाका लागि बहादुर शाहको गोर्खाली फौजले निर्माण गरेको गढी संरक्षण गर्न लागिएको उत्तरपश्चिम पृतनापति विज्ञानदेव पाण्डेले बताए । 

सेनाले चालू आर्थिक वर्षमा बयलकाँडा गढी संरक्षणका लागि पाँच लाख रुपैयाँ छुट्याएको छ । यसमा गढी संरक्षणबारे अन्तरक्रिया, स्थलगत अध्ययन र गढीको डिजाइन बनाउने काम भएको पृतनापति पाण्डेले बताए ।

त्यस्तै, बहादुर शाहकै पालामा निर्माण भएको दैलेखको नारायण नगरपालिका–९ पुरानो बजारमा रहेको कोतगढीको पनि पुनर्निर्माण र संरक्षण गरिने पृतनापति पाण्डेले बताए । ‘कर्णाली प्रदेशमा रहेका अहिले पुरातात्विक महत्वको दुईवटा गढी स्थानीय तहको सहकार्यमा निर्माण गर्न लागेका छौँ,’ उनले भने, ‘कर्णालीका अन्य क्षेत्रमा रहेका गढीहरूको खोजी भइरहेको छ ।’ बयलकाँडा गढी पुनर्निर्माण कार्यलाई गोठीकाँडाको पर्यटकीय विकाससँग जोड्ने वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले बताए । ‘