१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
नयाँ पत्रिका काठमाडौंं
२o८१ जेठ १३ आइतबार १४:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौंं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १४:४४:oo

कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । ।

बिहीबार मात्रै सिटौलाले आफ्नै निवासमा गुटको भेला गराएका थिए । उनी बिहीबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको पदाधिकारी तथा पुर्वपदाधिकारी बैठकमा समेत सहभागी थिए ।

शुक्रबार स्वाब दिएका नेता सिटौलालाई शनिबार बिहान कोरोना संक्रमण भएको रिपोर्ट आएको हो । नेता सिटौलाले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । 

उनको स्वास्थ्य अवस्था भने सामान्य छ । उनले आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरुलाई समेत सजग हुन र परीक्षण गराउन आग्रह गरेका छन् ।

उनले फेसबुक पेजमा लेखेका छन्, ‘हिजो २०७७ साल मंसिर २६ गते गरिएको कोभिड–१९ को पिसिआर परीक्षणबाट मलाई पजेटिभ देखिएकोले केही दिनयता मेरो नजिकको सम्पर्कमा रहनु भएका सबैले आवश्यकता अनुसार परीक्षण गर्नुहुन र सावधानी अपनाउनु हुन अनुरोध गर्दछु ।’

सिटौला अहिले होम आइसोलेसनमा बसेका छन् । संक्रमण पुष्टि भएपछि उनी शनिबारको आकस्मिक केन्द्रीय समिति बैठकमा भने गएनन् । 

ad
ad