१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर २६ शुक्रबार
  • Tuesday, 08 July, 2025
रासस काठमाडाैं
२o७७ मङ्सिर २६ शुक्रबार ११:३२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

फुटबलका मुख्य प्रशिक्षक योहान कालिनले दिए राजीनामा

Read Time : < 1 मिनेट
रासस काठमाडाैं
नयाँ पत्रिका काठमाडाैं
२o७७ मङ्सिर २६ शुक्रबार ११:३२:oo

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले पदबाट राजीनामा दिएका छन् । उनले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् । 

बिहीबार बसेको अखिल नेपाल फुटबल संघ (एन्फा)को बैठकले कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले जानकारी दिए । 

हाललाई बालगोपाल महर्जनलाई निमित्त प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ । कालिन सन् २०१९ मार्च १ मा नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनको प्रशिक्षणमा नेपालले ११ खेल खेलेको थियो ।

कोरोना महामारीपछि कालिन गत वर्ष १४ चैतमा स्वीडेन फर्किएका थिए ।त्यसपछि उनी नेपाल आएका छैनन् । उनले स्वीडेनबाटै राजीनामा दिएको एन्फाले जनाएको छ ।