मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर २६ शुक्रबार १०:११:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पुरुष र महिला फुटबलरलाई समान तलब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर २६ शुक्रबार १०:११:००

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुरुष र महिला खेलाडीलाई समान तलब दिने भएको छ । बिहीबार बसेको एन्फाको कार्यसमिति बैठकले आफ्ना खेलाडीका लागि समान तलबको निर्णय गरेको हो । 

निर्णयअनुसार पुरुष र महिला दुवैतर्फ राष्ट्रिय टोलीमा रहेका प्रत्येक खेलाडीले मासिक समान १८ हजार पाउने भएका छन् । यसअघि एन्फाले पुरुषतर्फ राष्ट्रिय टोलीमा रहेका खेलाडीलाई मासिक १५ हजार र महिलालाई सात हजार दिँदै आएको थियो । 

महिला खेलाडीले पाउने तलबमा धेरै विभेद भएको भन्दै विरोध हुन थालेपछि एन्फाले समान तलबको निर्णय गरेको हो ।कार्यसमिति बैठकले फिफा रेफ्रीहरूको तलबभत्ता पनि बढाएको छ । यसअघि ६ हजार पाउँदै आएका फिफा रेफ्रीहरूले अबदेखि मासिक १० हजार पाउनेछन् । 

यस्तै, बैठकले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनले पदबाट दिएको राजीनामा पनि स्वीकृत गरेको छ । कोरोना भाइरस (कोभिड– १९) महामारी सुरु भएपछि आफ्नो देश स्वीडेन फर्किएका कालिनले १ नोभेम्बरबाट लागू हुने गरी राजीनामा दिएका थिए । 

कालिनको राजीनामा स्वीकृत भएसँगै एन्फाले तत्काललाई राष्ट्रिय टोलीको जिम्मेवारी बालगोपाल महर्जनलाई दिएको छ । नेपाली टोलीले हालै बंगलादेशमा मैत्रीपूर्ण खेल खेल्दा पनि बालगोपाल नै प्रशिक्षक थिए ।