Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर २५ बिहीबार १३:२३:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नवौँ राष्ट्रिय खेलकुदको मिति छिट्टै तय गर्छाैँ : मन्त्री विश्वकर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर २५ बिहीबार १३:२३:००

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको अर्को मिति छिट्टै घोषणा गरिने बताएका छन् । 

राष्ट्रिय खेलकुद परिषद्ले बुधबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले फागुनमा गर्ने भनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुन नसक्ने बताएका हुन् ।

कोरोनाको जोखिम कम हुँदै गएपछिको अवस्थामा अर्को मिति परिषद्को आगामी बैठकबाट तय गरिने उनले बताए । 

साथै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयार गरिने पूर्वाधार विकासको कार्य कोभिडका कारण प्रभावित भएकाले त्यसको व्यवस्थापनका लागि पनि महत्वपूर्ण काम गर्न बाँकी रहेको मन्त्री विश्वकर्माले बताए । 

छलफल कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिल्वालले कोरोनाको जोखिमसँगै खेलकुद गतिविधि सञ्चालन गर्नुपर्ने भएकाले स्वास्थ्यको मापदण्डलाई धेरै ख्याल गर्नुपर्ने बताए । 

एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले खेल संघहरूलाई सरकारले नियमित बजेट उपलब्ध गराउन आवश्यक रहेको बताए । 

यस्तै, छलफलमा गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानका प्राविधिक निर्देशक स्वयम्भूराज डंगोलले नेपाली दूतावास भएका देशका राजदूतले गैरआवासीय रूपमा विदेशमा बसेका नेपाली खेलाडीलाई प्रतियोगितामा सहभागी गराउन पहल गर्नुपर्ने बताए । 
छलफलमा सहभागी भएका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठले नवौँ राष्ट्रिय प्रतियोगिताको मिति तोक्नुअघि बृहत् छलफल गर्नुपर्ने आवश्यक रहेको बताए । 

यसअघि गण्डकी प्रदेशको राजधानी पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय भएको थियो । 

अहिले स्वास्थ्यको मापदण्डमा रहेर ओलम्पिकमा समावेश हुने खेलको प्रशिक्षण भइरहेको छ । 

साथै, चितवनमा गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता हुन गइरहेको छ । अखिल नेपाल फुटबल संघले राष्ट्रिय टोलीलाई बंगलादेशमा फुटबल खेलाएर ल्याइसकेको छ ।