मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर २५ बिहीबार
  • Saturday, 11 January, 2025
दीपक अधिकारी काठमाडाैं
२o७७ मङ्सिर २५ बिहीबार o९:३५:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

हिटर ताप्दा ध्यान दिने कि ?

Read Time : < 1 मिनेट
दीपक अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o७७ मङ्सिर २५ बिहीबार o९:३५:oo

चिसो बढेसँगै तापमान घट्दो क्रममा छ । अत्यधिक चिसोका कारण जनजीवनसमेत प्रभावित भइरहेको छ । जाडो छल्नका लागि ब्लोअर अर्थात् हिटरको प्रयोग गरिन्छ । तर, हिटर चलाउन नजान्दा स्वास्थ्यमा असर पर्ने र दुर्घटनासमेत हुन सक्ने भएकाले एकदमै ध्यान दिन जरुरी हुन्छ । 

- ग्यास हिटरबाट उत्पन्न हुने कार्बन मोनोअक्साइड ग्यास स्वास्थ्यका लागि हानिकारक हुने भएकाले कोठा बन्द गरेर हिटर बाल्नुहुँदैन । 
- हिटरलाई वेलावेलामा बन्द गर्ने गर्नुपर्दछ । प्रयोग नभएको वेलामा हिटर सधैँ बन्द गर्नुपर्छ । सुत्न जानुभन्दा अगाडि ब्लोअर पूर्ण रूपमा बन्द गर्नुपर्छ ।
- हिटरनजिकै बसेर ताप्नु हुँदैन । यसले छाला सुक्खा हुने, आँखामा समस्या आउने र नाकमा रक्तनली फुट्ने समस्या देखापर्छन् । 
- बालबालिकाको पहुँच पुग्ने ठाउँ, बाटोमा ग्यास हिटर र विजुली हिटर राख्न हुँदैन ।
- मुटु, श्वास–प्रश्वासलगायतका बिरामीले ब्लोअरको प्रयोग गर्नुहुँदैन । 
- हिटर तापेर बस्दा पानी, चिया, कफीजस्ता पेयपदार्थ सेवन गर्नु उचित हुन्छ । यसले छाला सुक्खा हुने समस्याबाट बचाउँछ । 
- ब्लोअरअगाडि छिट्टै आगो टिप्ने वस्तु, कागतजन्य चिज राख्नुहुँदैन ।