१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
रमेश रावल वीरेन्द्रनगर
२o८१ बैशाख २० बिहीबार o७:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

पावर लिफ्टिङमा कार्कीले जितिन दुई स्वर्ण

Read Time : > 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:५४:oo

भारतको महाराष्ट्रको अमरावतीमा विश्व पावर लिफ्टिङ फेडरेसनले आयोजना गरेको २१ औं विश्व पावर लिफ्टिङमा श्रुती कार्कीले दुई स्वर्ण पदक जितेकी छन् । मंसिर १९ गतेदेखि २२ गतेसम्म (डिसेम्बर ४ देखि ७ सम्म) संचालन भएको खेलमा सुर्खेत वीरेन्द्रनगर–५ का कार्कीले २२ देशका सहभागी हराउँदै उमेर समूह चरण र सम्पूर्ण क्षेत्रका अन्य देशका खेलाडीलाई हराउँदै दुई स्वर्ण पदक जितेकी हुन् । 

५५ केजी तौल समूहको प्रतियोगितामा कार्कीले स्वर्ण पदक र सम्पूर्ण खेलाडीको क्षेत्रमा पनि स्वर्ण पदक जितेको जिल्ला फुटवल संघ सुर्खेतका उपाध्यक्ष तथा मिडवेस्टन फिडनेस सेन्टरका संचालक प्रमोद हमालले बताए । ‘२० वर्षीया कार्कीले ५५ केजी तौल २२५ केजी तौलमा उचालेकी छन् । त्यसमा एक स्वर्ण पदक जितेकी छन् ’ उनले भने,‘अर्को सम्पूर्ण क्षेत्रमा पनि एक स्वर्ण पदक जितेकी छन् ।’

कोरोना भाइरस महामारीका कारण एक वर्षपछि धकेलिएको विश्व पावर लिफ्टिङ प्रतियोगितामा नेपालका ६ जना खेलाडीले सहभागिता जनाएका थिए ।  त्यसमध्ये एक जना महिला खेलाडीमा कार्की रहेको हमालले बताए । ‘विभिन्न तौल समूहमा भाग लिन ५ जना पुरुष र १ जना महिला सहभागी भएका थिए ’ उनले भने,‘पावर लिफ्टिङ वर्ल्ड कप–२०२० मा सहभागिता जनाउने नेपालकै एक्ली महिला हुन् ।’

उनीसँगै प्रतियोगितामा सहभागिता जनाउने गण्डकी प्रदेश पोखराका हसन गुरुङ (८२ केजी) मा स्वर्ग पदक, अजित आले मगरले (१००केजी) स्वर्ग, राजेश सुवाल (९०केजी) ले रजत, सुजन आले (८५केजी), रजत पदक जितेको टिम कोच जीवन गिरीले जानकारी दिए । 

मिडवेस्टन फिटनेस सेन्टरबाट प्रशिक्षण पाएकी कार्की नेपालमा भएका यसअघि भएका प्रतियोगितामा सहभागी जनाएको स्वर्ण पदक जित्नु देशको गौरवको विषय भएको हमालले बताए । ‘देशकै प्रतिनिधित्व गरेर खेलाडीहरु विश्व च्याम्पियनसीप भएको राज्य नै बेखवर भएको छ ’ उनले भने ‘नेपालको प्रतिनिधित्व गर्ने पुरुषतर्फको प्रतियोगितामा नेपालले चार स्वर्ण र एक रजत पदक जितेका छ । यो राष्ट्रका लागि गौरवको विषय हो ।’

ad
ad