१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर २३ मंगलबार
  • Friday, 05 July, 2024
एजेन्सी
२o७७ मङ्सिर २३ मंगलबार १३:११:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
पालिका अपडेट

कोरोनाविरुद्धको पहिलो भ्याक्सिन लगाउने बेलायतकी वृद्धा भन्छिन्– आफूलाई विशेष ठानेकी छु 

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७७ मङ्सिर २३ मंगलबार १३:११:oo

बेलायतमा आजदेखि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप औपचारिक रूपमा सर्वसाधारणलाई लगाउन थालिएको छ । बेलायत सरकारले अघिल्लो साता कोरोनाविरुद्धको भ्याक्सिन फाइजरलाई आपत्कालीन अवस्थामा लगाउन सकिने गरी अनुमति दिएको थियो । सोहीअनुसार मंगलबारदेखि आपत्कालीन र अत्यावश्यक पर्ने सर्वसाधारण तथा संक्रमितका लागि खोप दिन थालिएको हो ।

यहीक्रममा बेलायतको उत्तरी आयरल्यान्डकी ९० वर्षीया महिलालाई ट्रायलबाहेकको पहिलो खोप दिइएको छ । उनी विश्वमै कोरोना भाइरसविरुद्धको खोप औपचारिक रूपमा लगाउने पहिलो महिला भएको बेलायत सरकारको दाबी छ । युनिभर्सिटी हस्पिटलमा खोप लगाउने क्रममा मार्गरेट किनाले भनिन्,‘पहिलो खोप लगाउन पाएकोमा आफूलाई विशेष ठानेकी छु ।’
 

ad
ad
ad
ad