१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर २२ सोमबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७७ मङ्सिर २२ सोमबार १३:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोभिडले निर्माण क्षेत्र प्रभावित भयो, सबै आयोजनाको म्याद एक वर्ष थपियोस् : महासंघ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७७ मङ्सिर २२ सोमबार १३:२३:oo

नेपाल निर्माण व्यवसायी महासंघले कोभिडका कारण निर्माण क्षेत्र प्रभावित भएकोले सबै आयोजनाको म्याद थप गर्न माग गरेको छ ।

महासंघले १३औँ राष्ट्रिय निर्माण दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा महासंघका अध्यक्ष रवि सिंहले पत्रकारहरूसँग कुराकानी गर्दै कोभिड– १९ का कारण प्रभावित आयोजनाहरूको म्याद एक वर्ष थप्नुपर्ने बताएका हुन्। 

कोभिडका कारण करिब ६ हजार आयोजना प्रभावित भएकोले सरकारले सबै आयोजनाको म्याद एक वर्ष थप गरिदिनुपर्ने बताए। 

यस्तै दुई हजार सात सय ७० वटा रुग्ण आयोजनाको म्याद गत फागुन १४ गते एक वर्षका लागि थप गर्ने निर्णय भएकोमा ती आयोजना पनि कोभिडबाट प्रभावित भएकाले थप एक वर्ष म्याद थपिनुपर्ने उनको भनाइ थियो । 

गत असारमा म्याद थप गरिएका आयोजनामा पनि मन्त्रालयबाट टिप्पणी उठाउँदा त्रुटि भई रोकिएकाले त्यसलाई छिटो कार्यान्वयन गर्नसमेत आग्रह गरे । 

यस्तै कोभिडका कारण विदेशबाट आउनुपर्ने कन्सल्ट्यान्ट आउन नसकेको र निर्माण सामग्री आयातमा अझै पनि प्रभाव परिरहेकाले त्यसलाई खुलाउनसमेत माग गरे । 

निर्माण क्षेत्रलाई चलायमान बनाउन आफूहरू आतुर रहेको तर सरकारबाट सहयोग प्राप्त नभएको पनि अध्यक्ष सिंहको भनाइ छ । 

निर्माण भइरहेका आयोजनाहरूमा छिटो भुक्तानी हुने व्यवस्था गर्नुपर्ने, प्रदेश र स्थानीय तहका आयोजनामा समेत भुक्तानीका लागि समन्वय गर्नुपर्ने काममा सरकारले ध्यान दिन नसकेको पनि उनले बताए ।