१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
रासस/एएनआई
२o८१ बैशाख १८ मंगलबार १३:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व

भारतको महाराष्ट्रमा मात्रै कोरोना संक्रमणबाट हालसम्म साढे ४७ हजारभन्दा बढीको निधन 

Read Time : < 1 मिनेट
रासस/एएनआई
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १३:२९:oo

भारतमा शनिबार ३६ हजार व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख ४४ हजार दुई सय २२ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । जसमध्ये ९१ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार चार लाख तीन हजार दुई सय ४८ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकैदिन ५० हजारभन्दा कम संक्रमित भेटिएको लगातार २८औँ दिन हो ।

२४ घन्टामा चार सय ८२ को मृत्यु
कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घन्टामा भारतमा चार सय ८२ जनाको मृत्यु भएको छ । योसहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४० हजार एक सय ८२ पुगेको छ । 

भारतभर सबैभन्दा बढी कोरोना प्रभावित राज्य महाराष्ट्रमा ८३ हजार नौ सय ३१ अझै पनि सक्रिय संक्रमित अवस्थामा रहेका छन् । संक्रमणका कारण यहाँ ४७ हजार ६ सय ९४ व्यक्तिको मृत्यु भइसकेको छ । कोरोना भाइरसको कारण दोस्रो प्रभावित दिल्लीमा पाँच लाख ५३ हजार दुई सय ९२ जना संक्रमित छन् । कोरोना सुरु भएयतादेखि शनिबार बिहानसम्म दिल्लीमा यस प्रकोपबाट नौ हजार पाँच सय ७४ व्यक्तिको मृत्यु भइसकेको छ । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले भारतमा कुल १४ करोड ६९ लाख ८६ हजार नमुना परीक्षण गरेको जनाएको छ। 
 

ad
ad