१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार ११:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भारत मात्रै हाेइन, चीनसँगको सीमा पनि संवेदनशील छ : सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:५२:oo

कांग्रेस नेता प्रकाशमान सिंहले भारतको सीमा मात्रै नभएर चीनसँगको सीमा पनि संवेदनशील भएको भन्दै सरकारलाई त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन् । 

आज अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले सरकारले चीनसँगको सीमा सम्बन्धलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।

समिति बैठकमा उनले भने, ‘सिमानाको कुरा गर्दा भारतसँग मात्रै हाेइन चीनसँग पनि सिमानामा विवाद भएको छ । त्यसबारे पनि परराष्ट्रमन्त्रीले ब्रिफिङ गर्दा ओभरलुक गरेको हो कि के हो ?  कांग्रेसकै नेताले त्यहाँको भिजिट गरेर रिपोर्ट दिएका छन् । त्यसलाई ओभरलुक गर्न कति उचित हुन्छ ? यो केही भएको छैन भनेर सरकारले हतार-हतारमा किन भन्नुपरेको हो ?’

भारतीय खुफिया एजेन्सीका प्रमुखसँगको भेटघाटमा पनि पारदर्शिता नभएको उनको भनाइ छ । ‘गोप्य रूपमा भएको कुरा के भएको भन्ने कसैलाई थाहा नहुने, ट्रान्सपरेन्सी हुनुपर्‍याे,’ उनले भने ।

ad
ad