मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ मङ्सिर १७ बुधबार २१:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संघीय गणतन्त्र समाप्त गर्ने षड्यन्त्र हुँदै छ : उपेन्द्र यादव

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १७ बुधबार २१:०६:००

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले संघीय गणतन्त्र समाप्त गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । जनताले परास्त गरेर समाप्त गरिसकेको शक्तिलाई केही राजावादी र केही कम्युनिस्ट एकीकरण भएर ब्युँत्याउने षड्यन्त्र भइरहेको उनको दाबी छ । 

‘सूर्य पश्चिमबाट उदाउन सक्दैन भनेजस्तै राजतन्त्र पुनः फर्केर आउला भन्ने सपना देख्नेहरूले सहिदको बलिदानीले आएको संघीय गणतन्त्रलाई समाप्त पार्ने दिवा स्वप्न नदेखे हुन्छ,’ उनले भने । 

उनले प्रतिगामी शक्तिविरुद्ध एकजुट हुन आह्वान गर्दै सचेत रहन आग्रह गरे । सशस्त्र विद्रोह, जनआन्दोलन र मधेस विद्रोहबाट परास्त भइसकेका शक्तिहरू मोर्चाबन्दी गर्दै  संघीयतालाई समाप्त गर्ने षड्यन्त्र रचेको यादवको आरोप छ । 

कार्यक्रममा जसपाका नेता शरतसिंह भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्र सूर्यको ताप भएकोले यसलाई छेक्न नसकिने बताए । 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्र सरकारसँग विभिन्न शीर्षकमा आफूहरूको अधिकारका लागि द्वन्द्व चलिरहेको बताउँदै दर्जनौँ शीर्षकमा सरकारसँग मुद्दा नै चलिरहेको बताए । उनले प्रदेश सरकारले विगत तीन वर्षमा संघीयता जोगाउन र संघीयताले दिएको अधिकार प्राप्त गर्न केन्द्रसँग संघर्ष गरिरहेको बताए ।