मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ मङ्सिर १७ बुधबार १६:०६:००
Read Time : > 1 मिनेट
फिचर

छोरालाई तीन दशकसम्म बन्धक बनाउने स्विडिस आमा पक्राउ

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ मङ्सिर १७ बुधबार १६:०६:००

स्विडेनको प्रहरीले आफ्नै छोरालाई तीन दशकसम्म बन्दी बनाएर राखेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । स्विडेनको स्टकहोमस्थित एउटा घरबाट प्रहरीले तीन दशकदेखि आफ्नै आमाले बन्धक बनाएर राखिएको भनिएका ती व्यक्तिलाई प्रहरी उद्धार गरेको छ ।

अहिले ४० वर्षका जस्ता देखिने ती व्यक्तिलाई प्रहरीले चोटग्रस्त र फोहोर ठाउँमा बसिरहेको अवस्थाबाट उद्धार गरेको हो । यद्यपि, उनकी आमाले भने छोरालाई बन्धक नबनाएको र उसलाई कुनै चोट पु¥याउने काम नगरेको बताएकी छिन् ।

छिमेकीहरूले ती महिलाको छोरा छन् भन्ने कुरासमेत जानकारी पाएका थिएनन् । छिमेकीले समेत यही आइतबार मात्रै ती महिलाको छोरासमेत रहेको पत्तो पाएका थिए । महिला बिरामी भएर अस्पताल भर्ना भएकी थिइन् । उनकै सहयोगका लागि छिमेकीहरू घरमा जाँदा मात्रै छोराबारे जानकारी पाएका थिए ।
उद्धारपश्चात् ती व्यक्तिलाई पनि उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले थप अनुसन्धानका लागि ती महिलाको घरलाई ‘सिल’ गरेको छ । प्रहरीले उनीहरूको सम्बन्धबारे जानकारी राख्ने व्यक्तिको समेत खोजी गरिने जनाएको छ ।

अहिले ७० वर्ष पुगेकी ती महिलालाई अनुसन्धानकै लागि प्रहरी हिरासतमा लिएको हो । अनुसन्धानको क्रममा यदि ती महिलाले छोरालाई बन्दक बनाएको पुष्टि भए उनीमाथि १० वर्षसम्मको जेल सजाय हुन सक्छ ।

उद्धार कसरी सम्भव भयो ?
छोरालाई बन्धक बनाएको पत्ता लगाउने छिमेकीले आफू ती पुरुषको दिदी भएको बताएकी छिन् । आमा बिरामी भएर अस्पताल लगिएको खबरपछि ती महिला श्रीमानसहित घर पुगेकी थिइन् । सोही क्रममा उनले आफ्नो भाइलाई पहिलोपटक देखेको स्विडिस सञ्चारमाध्यमहरूलाई बताएकी छिन् । 
ती महिलाले आफूले सानै उमेरमा आमाको घर छाडेको र त्यसपछि भाइलाई कहिल्यै नदेखेको बताएकी छिन् । आफूले खाली घरमा ताला फोडेरभित्र पसेको र त्यस क्रममा ढोकैमा मलमूत्रको गन्ध आएको, कुहिएको फोहोर देखेको बताएकी छिन् ।

उनले किचेनमा कसैको आवाज सुनेको र गएर हेर्दा उनको भाइ अँध्यारोमा बसिरहेको देखेको जनाएकी छिन् । ती महिलाले भाइले पनि आफूलाई देख्नेबित्तिकै चिनेको बताएकी छिन् । उनका अनुसार ती व्यक्तिको सबै दाँत झरिसकेको र धेरै कराएर स्वरसमेत सुकिसकेको उनले जनाएकी छिन् ।
उद्धार गरिएका व्यक्तिलाई अस्पताल पु¥याउनेबित्तिकै घटनाबारे प्रहरीलाई जानकारी गराइएको थियो । त्यसलगत्तै प्रहरीले अस्पतालमै उनकी आमामाथि निगरानीमा राखेको हो । अस्पतालले उक्त व्यक्तिको चोटको उपचारका लागि शल्यक्रिया नै गर्नुपरेको जनाएको छ ।

यस्तो छ छिमेकीको भनाइ
छिमेकीहरूका अनुसार ती महिलाको पहिलो छोराको मृत्यु भएको थियो । उनको फेरि अर्काे छोरा जन्मियो । त्यसबारे धेरैलाई जानकारी नै भएन । उनी आफूनो दोस्रो छोरालाई पनि गुमाउँछु कि भन्ने चिन्तामा थिइन् । त्यसैले उनले आफ्नो दोस्रो छोरालाई मृत्यु भएको पहिलो छोराकै नाम मात्रै दिइनन्, उनलाई धेरै तरिकाले सुरक्षित राख्ने प्रयाससमेत गरिन् । सोही कारण उनले आफ्नो छोराबारे धेरैलाई जानकारी दिइनन् । सार्वजनिक पनि गराइनन् । 

‘मलाई निकै खुसी लागेको छ कि उनले ढिलै भए पनि सहायता पाएका छन् । सम्भवतः उनी बाँच्नेछन् र अब सबै ठीक हुनेछ’, एक छिमेकीले रोयटर्ससँग भनेका छन्, ‘अहिलेको समयमा पनि यस्तो घटना हुनु आश्चर्यकै कुरो हो ।’