Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ मङ्सिर १६ मंगलबार १७:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सचिवालय बैठकमा ओली-प्रचण्डबीच घम्साघम्सी

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १६ मंगलबार १७:४३:००

नेकपा सचिवालय बैठकमा अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचमा घम्साघम्सी परेको छ । ओलीले प्रचण्डको राजनीतिक प्रतिवेदन नभई आरोप भएकाले छलफल हुन नसक्ने बताएपछि प्रचण्डले प्रतिवाद गर्दा घम्साघम्सी परेको हो । 

स्रोतका अनुसार ओलीले बैठकमा आरोपपत्रमाथि छलफल हुन सक्दैन, फिर्ता हुनुपर्छ भनेपछि प्रचण्डले तपाईं को हो, मैले ल्याएको प्रस्ताव फिर्ता हुनुपर्छ, छलफल हुँदैन भन्ने ? भन्दै प्रतिवाद गरेका थिए । 

त्यसपछि ओलीले सीमा र मर्यादामा रहन भन्दै रुलिङ गर्न प्रयास गरेपछि प्रचण्डले यहाँ कसैले कसैलाई रुलिङ गर्न मिल्दैन, कमिटीमा सबैको हैसियत बराबर हो । कमिटीले जे भन्छ त्यसैगरी अगाडि बढ्छ । साथीहरू के भन्नुहुन्छ यसमा ? भन्दै प्रश्न गरेपछि बैठकमा दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्नुपर्ने समझदारी बनेको थियो । 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा अध्यक्ष ओली र दाहालले आ–आफ्नो धारणा राखेको र अन्य सदस्यहरूले छोटो रूपमा सामान्य धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

उनले अब नेकपाका नेताहरूबीच औपचारिक र अनौपचारिक दुवै तहमा छलफल हुँदै जाने बताए । बैठक बुधबार १ बजे पुनः बस्ने छ । 

पार्टीभित्र उत्पन्न भएको संकटको चुरो कारण र त्यसको समाधानका विषयमा गम्भीर छलफल गर्दै जाने र यसबारे औपचारिक र अनौपचारिक दुवै तहमा छलफलहरू हुने उनले बताए ।