१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १८:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चिनियाँ रक्षामन्त्रीले जंगी अड्डामा भने : कोभिड- १९ विरुद्ध नेपाली सेनालाई सहयोग घोषणा गर्छाैं 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:o४:oo

चिनियाँ स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङले कोभिड– १९ विरुद्धको लडाइँका लागि नेपाली सेनालाई सहयोग प्याकेज घोषणा गर्ने वचनबद्धता व्यक्त गरेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग आइतबार जंगी अड्डामा भएको औपचारिक वार्तामा उनले नेपाली सेनासँग संयुक्त सैन्य अभ्यास तथा विद्यार्थी आदानप्रदान कार्यक्रमसमेत सुचारु गर्ने वचन दिएका छन् । 

‘जनरल वेईले नेपाली सेनाको कोभिड– १९ महामारीविरुद्ध प्रतिकार्यको सहयोगका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको छ, तर यसबारे विस्तृतमा उहाँले भन्नुभएको छैन,’ सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले नयाँ पत्रिकासँग भने । उनका अनुसार कोभिड– १९ का कारण प्रभावित भएका तालिम तथा शिक्षार्थी आदानप्रदान सुचारु गर्ने, विगतमा भएका सैनिक सहायता प्राप्तिको कार्यान्वयन गर्ने विषयमा छलफल भएको थियो ।

परराष्ट्र र रक्षा मन्त्रालयका अधिकारीहरूसमेत सहभागी औपचारिक वार्तामा चिनियाँ रक्षामन्त्रीले यसका लागि उपयुक्त मोडालिटी बनाइनेसमेत आश्वासन दिएका छन् । ‘रक्षामन्त्री जनरल वेई र उहाँको प्रतिनिधिमण्डलले दुवै विषयलाई सकारात्मक रूपमा लिएको बताएका छन्,’ सैनिक प्रवक्ता पौडेलले भने, ‘विशेषगरी उच्चस्तरीय भ्रमणलगायत द्विपक्षीय सहयोगका कार्यहरू यथाशीघ्र सुचारु हुने आश्वासन उहाँले दिनुभएको छ । ’

ad
ad