१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
रासस/एएफपी
२o८१ बैशाख २४ सोमबार १४:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व

बोकोहरामद्वारा ४३ जना किसानको घाँटी रेटेर हत्या

Read Time : < 1 मिनेट
रासस/एएफपी
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १४:५१:oo

नाइजेरियाको उत्तरपूर्वी माइदुगुरी सहरमा शनिबार विद्रोही समूह बोकोहरामले ४३ जना किसानको हत्या गरेका छन् । धान खेतमा काम गरिरहेका किसानमाथि उनीहरूले आक्रमण गरी हत्या गरेका हुन् । घटनामा ६ जना घाइते भएका छन् ।

बोकोहरामविरुद्धको प्रतिकार समितिका एक सदस्यले कोसाेबे गाउँमा बोकोहरामका सशस्त्र लडाकुले खेतमा काम गरिरहेका किसानको घाँटी रेटेर हत्या गरेको एएफपीलाई बताएका छन् । नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले सो घटनाको निन्दा एवं भर्त्सना गरेका छन् । उनले यो अमानवीय हत्याबाट सिंगो मुलुक स्तब्ध भएको बताएका छन् ।

प्रतिकार समितिका सदस्य बाबाकुडा कोलोले ४३ जनाको शव फेला पारेको र अरू ६ जना गम्भीर अवस्थामा फेला पारेको जानकारी दिए । यस क्षेत्रमा बोकोहराम समूहले पटकपटक जघन्य आक्रमण गर्ने गरेको बताए । 

खेतमा काम गर्ने मजदुरहरू उत्तरपश्चिम नाइजेरियाको सोकोतो राज्यका रहेको पाइएको छ । स्थानीय इब्राहिम लिमानले कामको खोजीमा यहाँ आएका ६० जनामध्ये ४३ जनाको हत्या भएको र ६ जना गम्भीर घाइते भएको बताए । अझै अरू आठजना हराइरहेको र उनीहरूलाई बोकोहरामका लडाकुले अपहरण गरेको हुन सक्ने लिमानले बताए । गत महिना पनि बोकोहरामका लडाकुले माइदुगुरीनजिकै सिँचाइको काम गर्ने २२ मजदुरको बीभत्स हत्या गरेका थिए । 

आतंकवादी संगठन इस्लामिक स्टेटसँग नजिक रहेको मानिएको जिहादी समूह बोकोहरामको आक्रमणबाट सन् २००९ यता कम्तीमा ३६ हजारको ज्यान गइसकेको छ भने २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । यो हिंसा छिमेकी मुलुकहरू नाइजर, चाड र क्यामरुनसम्म फैलिएको छ । 

ad
ad