१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर १४ आइतबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ मङ्सिर १४ आइतबार १२:२४:oo
Read Time : > 1 मिनेट
प्रवास डिजिटल संस्करण

नेपाली मास्टर बेकर सञ्जीव गिरीले जिते डेनमार्कमा एक लाख क्रोनर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ मङ्सिर १४ आइतबार १२:२४:oo

डेनमार्कमा एकजना नेपाली युवाले एक लाख डेनिस क्रोनर अर्थात् १९ लाख नेपाली रुपैयाँ छात्रवृत्ति पुरस्कार पाएका छन्।

प्रत्येक वर्ष डेनमार्कको प्रख्यात एक संस्था एपी मूलर फाउन्डेन्सले प्रशिक्षार्थीलाई प्रदान गर्ने छात्रवृत्ति यस वर्ष नेपाली युवा सञ्जीव गिरीले जितेका हुन्। 

माग भएको छात्रवृत्तिमा आवेदन दिँदै सहभागी गिरीले एक लाख डेनिस क्रोनर अर्थात् १९ लाख नेपाली रुपैयाँ पाए। 

यस वर्षलाई संस्थाले दुई विधामा सर्वोत्कृष्ट हुनेलाई पुरस्कृत गरेको थियो । बेकरी विधामा गिरीले पाए। अर्को विधामा भने होम पेन्टिङमा उत्कृष्ट हुनेलाई दिइयो। 

सञ्जीवले अन्तिम परीक्षामा उत्कृट अंक प्राप्त गर्दै रजत पदक पाए।  यो पुरस्कार पाउने डेनमार्कमा कार्यरत नेपालीमध्ये गिरी पहिलो व्यक्ति हुन्। 

उनले पाएको छात्रवृत्तिको रकमले युरोपकै फ्रान्समा गएर थप अध्ययन गर्ने बताएका छन्। फ्रान्स बेकरीमा विश्वप्रख्यात छ।

सावर डो ब्रेडबारे एवं अर्टिसियन बेकिङको तालिम लिने र त्यहाँबाट सिकेको सीप डेनमार्क तथा स्वदेशमै उपयोग गर्ने र चाँडै नै नेपालमा बेकरी स्कुल सञ्चालन गर्ने उनले बताए। 

गिरीले भने, ‘मैले यो पुरस्कार पाउँछु भनेको सोचेको पनि थिइनँ, म काम गर्ने कम्पनीले यस्तो छात्रवृत्तिको जानकारी दियो र म पढिरहेको जेडबिसी स्कुलले मलाई सिफारिस गरेर सहभागी भएँ, मैले पुरस्कार जित्छु नै जस्तो लागेको थिएन । छात्रवृत्ति पाउँदा आफू धेरै नै खुसी भएँ।’

०४२ सालमा काठमाडौंको नागार्जुन नगरपालिका रामकोटमा जन्मिएका गिरीले त्रिभुवन विश्वविद्यालयबाट मानविकी संकायबाट स्नातक गरेका थिए। 

जेडबिसी रिङस्टेडमा अध्ययन गर्दै टिवोलीको निम्ब र एन्डरसन बेकरीमा काम गर्दै २०१९ मा बेकरीमा स्नातक गरेका छन्। गिरीले ११ वर्षअघि होटेल सोल्टी, सोल्टी होटेलअन्तर्गतै एलएसजी स्काई सेफ तथा होटेल द्वारिकाजमा काम गरेका थिए।

हाल डेनमार्कको राजधानी कोपनहेगन एन्डरसन बेकरीमा २०१० देखि मास्टर बेकरको रूपमा काम गरिरहेका छन्। 

डेनमार्कमा नेपाली बेकरहरूको संख्या नगन्य मात्रै रहेको छ। एन्डरसन बेकरी जापानमा सन् १९५९ मा स्थापना भएको हो । २००८ मा यो कम्पनी डेनमार्कमा स्थापना भएको हो। 

यो बेकरी हाल विश्वभर फैलिएको छ भने डेनमार्कको टपटेन बेकरीको रूपमा परिचित छ। कोरोनाका कारण यस वर्ष डेनर्माककी महारानीबाट पाउने रजत पदक भने अर्को वर्षको मार्चमा प्रदान गरिनेछ। पुरस्कार रकम र प्रमाण प्रदान गरिसकेको छ। 

गिरी बेकरीसम्बन्धी उच्च शिक्षा अध्ययन गर्न सन् २०१० मा डेनमार्क पुगेका थिए।