१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२o८१ जेठ १ मंगलबार १७:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

कर्णालीका अधुरा आयोजना पूरा गर्न बजेट विनियोजन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १७:३o:oo

कर्णाली प्रदेश सरकारले अधुरा आयोजना सम्पन्न गर्न बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष ०७६/७७ को समपूरक र विशेष अनुदानबाट स्थानीय तहहरूमा सञ्चालित अधुरा आयोजनाहरू सम्पन्न गर्न बजेट विनियोजन गरेको हो ।

कर्णाली प्रदेश सरकारको समपूरक र विशेष अनुदानबाट स्थानीय तहहरूमा सञ्चालित अधुरा आयोजनाहरूका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले अर्थ विविध शीर्षकबाट २२ करोड ५७ लाख ८५ हजार बजेट सम्बन्धित स्थानीय तहहरूमा हस्तान्तरण गर्ने निर्णय भएको कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले बताइन् ।

त्यस्तै, प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा दैलेख नारायण नगरपालिका–८ सर्वराज खड्कालाई नियुक्त गर्ने, मुख्ययमन्त्री समन्वय विज्ञका रूपमा सुर्खेत  लाटीकोइली– ९ का झकबहादुर मल्ललाई नियुक्त गर्ने निर्णय भएको केसीले बताइन् । 

सल्यान जिल्ला कुमाख गाउँपालिका र दैलेखको भगवतीमाई गाउँपालिकाको वडा संख्या र सिमाना हेरफेर सम्बन्धमा नेपाल सरकारसमक्ष स्वीकृतिका लागि पठाउने निर्णय भएको केसीले बताइन्  । 

कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेश सुरक्षा मापदण्ड, २०७७ स्वीकृति प्रदान गर्ने, कर्णाली प्रदेशको सुरक्षा रणनीति, २०७७ स्वीकृति प्रदान गर्ने, शान्ति अध्ययन तथा घाइते अपांग पुनर्स्थापना केन्द्र स्थापनासम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत प्रदान गर्ने निर्णय भएको प्रवक्ता केसीले जानकारी दिइन् ।

त्यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई कर्णाली प्रदेश पर्यटन गुरुयोजना स्वीकृत गर्ने निर्णय भएको प्रवत्ता केसीले बताइन् । 

ad
ad