मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर १२ शुक्रबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ मङ्सिर १२ शुक्रबार o६:४६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

उत्कृष्ट करदातालाई परिसंघको सम्मान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ मङ्सिर १२ शुक्रबार o६:४६:oo

नेपाल सरकारले छनोट गरेका उत्कृष्ट करदातालाई नेपाल उद्योग परिसंघले सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले सम्मानित गरेका करदाताहरूमध्ये आफ्नो संस्थासँग आबद्ध करदातालाई परिसंघले बधाई ज्ञापन गर्दै सम्मान गरेको हो । सम्मानितमध्ये सात करदाता परिसंघको गभर्निङ काउन्सिल, राष्ट्रिय परिषद् र सदस्यहरूका रूपमा आबद्ध रहेका छन् । 

परिसंघमा आयोजित कार्यक्रममा अध्यक्ष सतिशकुमार मोरले व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिरेर सम्मानित भएका परिसंघ गभर्निङ काउन्सिलका सदस्य तथा जावलाखेल ग्रुपका अध्यक्ष विजयकुमार शाहलाई सम्मान तथा बधाईपत्र प्रदान गरे ।

परिसंघले बैंक वित्तीय संस्थातर्फका उत्कृष्ट करदाता नबिल बैंक लिमिटेडका उपाध्यक्ष एवं परिसंघका उपाध्यक्ष निर्वाण चौधरी, पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी आयकर तिरेर सम्मानित भएको तारागाउँ रिजेन्सी होटेल्स लिमिटेडका निर्देशक तथा परिसंघको राष्ट्रिय परिषद् सदस्य सुरेशलाल श्रेष्ठ, मूल्य अभिवृद्धि करतर्फ सम्मानित हुने घोराही सिमेन्ट इन्डस्ट्रिज प्रालिका निर्देशक तथा परिसंघका राष्ट्रिय परिषद् सदस्य आदित्य संघाई र विप्रेषणको कारोबार गरी सम्मानित भएको आइएमई लिमिटेडका निर्देशक तथा परिसंघको राष्ट्रिय परिषद् सदस्य हेमराज ढकाललाई पनि परिसंघले बधाई ज्ञापन गर्दै सम्मानपत्र प्रदान गरेको हो ।

सम्मानित हुने थप संस्थाहरूमा सबैभन्दा बढी कर तिर्ने करदाताका रूपमा सूर्य नेपाल प्रालि र निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर तिरेर सम्मानित भएको डाबर नेपाल प्रालिलाई पनि सम्मानपत्र प्रदान गरेको परिसंघले जनाएको छ ।
सम्मान तथा बधाईपत्र हस्तान्तरण गर्दै अध्यक्ष मोरले देशको अर्थतन्त्रमा परिसंघमा आबद्ध सदस्यहरूले उल्लेख्य योगदान गरेर सम्मानित हुनु परिसंघ र समग्र निजी क्षेत्रका लागि गौरवपूर्ण रहेको बताए ।

निजी क्षेत्रले बुझाएको कर तथा राजस्वको सदुपयोग भई देश विकासतर्फ लम्केको हेर्न पाउनुपर्नेमा निजी क्षेत्रको अपेक्षा रहेको अध्यक्षको भनाइ छ । व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिरेर उत्कृष्ट करदाता बन्न सफल परिसंघको गभर्निङ काउन्सिल सदस्य विजयकुमार शाहले संस्थागत सुशासनलाई अपनाएर उत्कृष्ट करदाता बन्न सफल भएकोमा गर्व महसुस भएको बताए ।