१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 08 July, 2025
Invalid date format १४:१७:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोराेना संक्रमित कास्की र लमजुङमा एक–एकजनाको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:१७:oo

कोरोना संक्रमणका कारण कास्की र लमजुङमा गरी थप दुईजनाको निधन भएको छ । 

पोखरा– १३ का ६६ वर्षीय संक्रमितको बुधबार राति ९ बजेर ३० मिनेट जाँदा ज्यान गुमेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

निर्देशनालयका अनुसार उनमा यही ७ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा ज्यान गुमेको हो । 

त्यसैगरी लमजुङको मध्यनेपाल नगरपालिका ७ का  ८७ वर्षीय संक्रमितको पनि ज्यान गुमेको छ । 

उनको उपचारको क्रममा बिहान दुई बजेर ३० मिनेट जाँदा कास्की सेवा अस्पतालमा ज्यान गुमेको हो । ती वृद्धमा ९ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

योसँगै गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक सय ४४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।