मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ११ बिहीबार १३:२४:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

क्रिकेटको बन्द प्रशिक्षण सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ११ बिहीबार १३:२४:००

कोभिड– १९ का कारण नौ महिनापछि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ । 

कीर्तिपुरमा रहेको क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट टिमको आजबाट बन्द प्रशिक्षण सुरु भएको हो । 

प्रशिक्षक जगत टमटाको नेतृत्वमा नौ महिनापछि बन्द प्रशिक्षणमा फर्किएको टिमले स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएको छ । 

सुरुमा बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाएको नेपाल क्रिकेट संघ क्यानले अहिले २७ जनालाई प्रशिक्षणमा राखेको छ । 

यद्यपि कप्तान ज्ञानेन्द्र मल्लसहित पाँचजना खेलाडी प्रशिक्षणमा सहभागी हुन पाएका छैनन् ।

कप्तान मल्लसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई कोरोना पजिटिभ देखिएकाले मैदान उत्रिएका छैनन् । 
गत मंगलबार गरिएको परीक्षणमा उनीहरूमा कोरोना देखिएको थियो । वसन्त रेग्मी पनि संक्रमित छन् । 

अहिले रित गौतम, अनिल शाह, कुशल भुर्तेल, विक्रम शोव र लोकेश बमलाई पनि क्यानले बन्द प्रशिक्षणमा सहभागी गराएको छ ।