१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o९:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश प्रिन्ट संस्करण

बलात्कार आरोपमा मौलाना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:५४:oo

सिराहाको लहानकी एक युवतीलाई झारफुकको बहानामा बलात्कार गरेको आरोपमा मौलाना पक्राउ परेका छन् । मिर्चैया नगरपालिका–१० घर भई अहिले लहान–१० ग्रामीण चोकमा बस्दै आएका ३५ वर्षीय मौलाना अली हसन पक्राउ परेका हुन् । उनले झारफुक गराउन आएकी २३ वर्षीया युवतीलाई मंगलबार दिउँसो बलात्कार गरेको आरोप लागेको छ । 

बलात्कारपछि रक्तश्राव हुँदा गम्भीर बनेकी युवतीको लहानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, सिराहाले जनाएको छ । प्रहरीका अनुसार पीडित युवती र हसनको मंगलबार राति नै लहान अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

युवतीको बयानका आधारमा मंगलबार राति नै हसनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीले बताए । बुधबार जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको डिएसपी क्षेत्रीले बताए । 

ग्रामीण चोकस्थित मौलानाको घरमा झारफुकका लागि मंगलबार दिउँसो २ बजेतिर आफन्तसहित गएकी किशोरीलाई ढोका थुनेर आधा घन्टापछि निकालेको आफन्तले बताए । मौलानाको घरबाट निस्किएपछि हतास देखिएकी युवतीले घरमा पुगेर आफूलाई बलात्कार गरेको र रक्तश्राव भइरहेको बताएकी थिइन् । त्यसपछि आफन्तहरू उनको घर पुगेर केरकार गरेका थिए । उनीहरूले मौलानालाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए । 

ad
ad