मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्वीर
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ८ सोमबार १२:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रचण्डलाई भेट्न खुमलटार पुगिन् चिनियाँ राजदूत यान्छी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ८ सोमबार १२:३०:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चरम रूपमा अन्तर्द्वन्द्व चर्किरहेका वेला चिनियाँ राजदूतको सक्रियता पुनः देखिएको छ । 

केही दिनअघि नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई भेटेकी नेपालका लागि चिनियाँ राजदूत हाेउ यान्छीले आज नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छिन् । 

उनी सोमबार बिहान दाहाललाई भेट्न दाहालनिवास खुमलटार पुगेकी थिइन् । 

भेटमा पछिल्लो विकसित घटनाक्रमबारे छलफल भएको स्रोतले जनाएको छ । 

उनले भेटमा चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीचको सम्बन्ध प्रगाढ बनाउनेबारे छलफल गरेको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जनाकारी दिए । 

त्यसैगरी राजदूत यान्छीले चिनियाँ राष्ट्रपति सी जिङपिङले चिनियाँ सरकार सञ्चालनको सन्दर्भमा निकालेको पुस्तक उपहार दिएकी सापकोटाले जानकारी दिए । 

साथै राजदूत यान्छीले चीन सरकारको तर्फबाट नेपालीको हालै मात्र सकिएको दसैँ, तिहार, छठजस्ता चाडपर्वको शुभकामनासमेत दिएको प्रेस संयोजक सापकोटाले जानकारी दिए । 

साथै भेटमा राजदूत यान्छीले दुई देशबीचको सम्बन्ध बलियो बनाउनेबारे र दुई देशबीच भएका सम्झौता कार्यान्वयनबारे पनि छलफल गरेकी थिइन् ।