मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ मङ्सिर ६ शनिबार १३:४५:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कर्णाली करिडोर : बोक्चेगौडा भिर छिचोल्ने काम धमाधम सुरु

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर ६ शनिबार १३:४५:००

कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ गाउँपालिका- २ मा पर्ने बोक्चेगौडा भिरको कडा चट्टान काटेर सडकको ट्रयाक खोल्ने कार्य धमाधम सुरु भएको छ ।

कडा चट्टानका कारण बोक्चेगौडा भिरमा सडक निर्माण कार्य निकै चुनौतीपूर्ण छ । कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ- २ मा पर्ने बोक्चेगौडा भिरको कडा चट्टन छिचोल्ने कार्य धमाधम चलेको छ ।

हिल्सा–सिमकोट सडक आयोजनाको  कर्णाली  करिडोरअन्तर्गत बोक्चेगौड खण्डको कडा चटान छिचोल्ने कार्यले  निरन्तरता पाएको छ । 

कडा चटान छिचोल्दै आएका कामदार भादुरे सार्कीले दिनरात आफूहरू चटान छिचोल्ने कार्यमै व्यस्त रहेकोे जानकारी दिए ।

‘भिर छिचोल्न दिनरात काममै जुटेका छौँ, अब केही महिनामा भिर छिचोल्ने काम सकिन्छ,’ सार्कीले बताए । हिउँद महिनामा  हिमपात र चैत महिनादेखि लामो लकडाउनका कारण काम केही ढिलाइ भए पनि च्याछरा खण्डको तुलनामा बोक्चेगौडा खण्डको काम धेरै छिटो भएको बलास्टर मिमबहादुर शाहीले बताए । 

च्याछहरा भिरभन्दा बोक्चेगौडा खण्डको काम थोरै समयमा छिटो गरेको शाहीको भनाइ छ । बोक्चेगौडा खण्डको चट्टान फुटाउने जिम्मा पाएका पिएच क्याराभान काँग्री जेभीका प्रतिनिधि मंगल लामाका अनुसार लकडाउनले केही ढिलो भएपछि काम भने निरन्तर रूपमा भइरहेको बताए । 

बोक्चेगौडा खण्डको छिचोल्ने काम अब केही महिनामै  सकिने र भिर छिचोलेपछि स्थानीयलाई आवतजावत सहज हुने लामाले बताए ।