मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ मङ्सिर ५ शुक्रबार १५:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँचथरको फालोटमा चौथो बिओपी स्थापना  

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर ५ शुक्रबार १५:५८:००

पाँचथर जिल्लामा अन्तरदेशीय सीमा क्षेत्रमा स्थापना गर्ने भनिएका बोर्डर आउट पोस्ट (बिओपी)मध्ये चाैथो पोस्ट स्थापना गरिएको छ । सशस्त्र प्रहरीको टोली शुक्रबार फालेलुङ गाउँपालिका– ४ मा रहेको फालोट गोर्खे पुगेको छ ।  

भौतिक निर्माण तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको उपस्थितिमा मंसिर ७ का लागि तय भएको उद्घाटन कार्यक्रम मन्त्रीको व्यस्तताका कारण स्थगित भए पनि सशस्त्र प्रहरीको टोली सीमा क्षेत्रमा पुगेको छ । औपचारिक कार्यक्रम सरे पनि सुरक्षाकर्मी पुगिसकेको फालेलुङ गाउँपालिकाले जनाएको छ । 

पोस्टका लागि खटाइएका सुरक्षाकर्मी तोकिएको ठाउँमा पुगिसकेका छन् । औपचारिक कार्यक्रम भने केही समय धकेलिएको फिदिमस्थित सशस्त्र प्रहरी बल हिमशिखर गुल्मका प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए । 

नेपाल सरकारले ०७६ मंसिरमा गरेको निर्णयअनुसार नेपाल–भारत तथा नेपाल– चीनबीचको सीमा क्षेत्रमा राखिने बोर्डर आउट पोस्ट (बिओपी) धमाधम स्थापना गर्दै आएको छ । 

फालोटमा स्थापना भएको पाेस्टसँगै पाँचथरमा राख्ने भनिएका सबै पोस्ट स्थापना भएका छन् । पछिल्लोपटक गत साता मात्रै याङवर गाउँपालिका– १ मा पर्ने तोरिफुलेमा पोस्ट स्थापना गरिएको थियो ।