१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २२ शनिबार १४:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

होम आइसोलेसनमा बसेर निको हुँदै मोरङका कोरोना संक्रमित जनप्रतिनिधि 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १४:३o:oo

मोरङमा स्थानीय पालिकाहरूका कोरोना संक्रमित जनप्रतिनिधिहरू प्रायः सबै होम आइसोलेसनमा बसेर निको भइरहेका छन् । 

कोरोना संक्रमण रोकथाममा सक्रिय रहँदै आएका मोरङका स्थानीय पालिकाहरूका जनप्रतिनिधिहरू आफैँ संक्रमित भएपछि होम आइसोलेसनमा बसेर निको हुने गरेका हुन् । 

हालसम्म संक्रमित भएका मोरङका स्थानीय पालिकाहरूका जनप्रतिनिधिहरू कोही पनि सिकिस्त भएर अस्पताल भर्ना भएका छैनन् । 

एक–दुईजना आफ्नै पालिकामा बनाएको आइसोलेसनमा बसे पनि धेरैजसो आफ्नै घरको होम आइसोलेसनमा बसेर घरेलु उपचारबाट निको हुँदै आइरहेका छन् ।    

विराटनगर महानगरपालिकामा चारजना वडाध्यक्ष र चारजना सदस्य कोरोना संक्रमति भए । उनीहरू सबैजना होम आइसोलेसनमा बसे, कोही पनि अस्पताल भर्ना भएनन् । हाल सबैजना कोरोना संक्रमणमुक्त भइसकेका छन् ।  

चालकमा कोरोना पजिटिभ पाइएपछि विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली पनि १४ दिन नपाको क्वारेन्टिनमा बसे । यसैले उनलाई कोरोना संक्रमण हुन पाएन ।   

यसैगरी उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागो र एक जना वडाध्यक्ष पनि पजिटिभ भए । दुवैजना  होम आइसोलेसनमा बसेर निको भए । हाल उनीहरू दुवै  सक्रिय रूपले सेवामा लागिसकेका छन् । 

रंगेली नगरपालिका प्रमुख दिलीप बगडिया पनि विराटनगरस्थित आफ्नो घरको आइसोलेसनमा बसेर निको भइसकेका छन् । उनी हाल सक्रिय रूपले कोरोना नियन्त्रणमा सक्रिय छन् । 

पथरी शनिश्चरे नगरपालिकाकी उपमेयर यमुना विष्ट बाँस्तोला पजिभिट भएपछि होम आइसोलेसनमा बसेर निको भइन् । हाल उनको अवस्था सामान्य छ । यसैगरी सोही नपाका एकजना वडाध्यक्ष र तीनजना सदस्य होम आइसोलेसनमै बसेर निको भइसकेका छन् । 

रतुवामाई नगरपालिकामा दुईजना वडाध्यक्ष संक्रमित भएका थिए । उनीमध्ये एकजना नपाकै आइसोलेसनमा र अर्को होम आइसोलेसनमा बसेर सामान्य उपचारपछि निको भए  । 

कटहरी गाउँपालिकामा तीनजना वडाध्यक्ष पजिटिभ भएपछि होम आइसोलेनमा बसेर निको भए । बेलबारी नगरपालिकामा एकजना वडाध्यक्ष र एकजना सदस्य पजिटिभ भए । अध्यक्ष नपाको आइसोलेनमा र सदस्य होम आइसोलेसनमा बसेर निको भए । 

सुनवर्षी नगरपालिकामा उपमेयर मन्जुकुमारी राईसहित एकजना वडाध्यक्ष र एकजना सदस्य संक्रमित भएपछि होम आइसोलेसनमा बसिरहेका छन्, उनीहरूको अवस्था सामान्य छ  । 

लेटाङ नगरपालिकामा एकजना वडाध्यक्ष र एकजना सदस्य पजिटिभ भएपछि होम आइसोलेसनमै बसेर निको भइसकेका छन् । 

सुन्दरहरैँचा नगरपालिकामा एकजना वडाध्यक्षसहित तीनजना जनप्रतिनिधि पजिटिभ भएपछि होम आइसोलेसनमा बसेर निको भएका छन् । 

जहदा गाउँपालिकामा एकजना वडाध्यक्ष संक्रमित भएपछि होम आइसोलेसनमा बसेर निको भए ।  

कानेपोखरी गाउँपालिकामा उपाध्यक्ष राजमती इङनामसहित तीनजना जनप्रतिनिधि संक्रमित भए, तर सबैजना होम आइसोलेसनमा बसेर निको भए । 

मोरङमा कोरोना संक्रमण रोकथाममा सक्रिय रूपले खटिएका स्थानीय पालिकाहरूका जनप्रतिनिधिहरू कोरोना संक्रमण हुने क्रम जारी छ । तर, उनीहरू प्रायः सबैजना आफ्नै होम आइसोलेसनमा बसेर गरेको उपचारपछि निको भइरहेका छन् ।

होम आइसोलेसनमा बस्नेहरूले स्वास्थ्यकर्मीहरूको सल्लाहमा नियमित व्यायाम गर्ने, पोषिलो खानेकुरा खाने, प्रशस्त आराम गर्ने, तातो पानी पिउने र बाफ लिने, केही घरेलु जडीबुटी पनि सेवन गर्ने गरेका थिए ।  

सतर्क भएर होम आइसोलेसनमा बसेर उपचार गर्दा सामान्य संक्रमण भएका बिरामीलाई धेरै फाइदा पुग्ने निको भएका रंगेली नगरपालिका प्रमुख दिलीप बगडिया बताउँछन् । 

भन्छन्, ‘आत्मबल दह्रो बनाएर सुरक्षा सतर्कता अपनाउन सक्दा होम आइसोलेसन पनि कोरोना जित्न निक्कै सहयोगी हुँदोरहेछ ।’

ad
ad