१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर ४ बिहीबार
  • Friday, 04 July, 2025
२o७७ मङ्सिर ४ बिहीबार o९:२८:oo
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

१२ लाखबराबरको अवैध सामान बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ मङ्सिर ४ बिहीबार o९:२८:oo

सप्तरी प्रहरीले भारतबाट भन्सार छली गरी ल्याउँदै गरेको १२ लाखबराबरको सामान बरामद गरेको छ । सप्तरी हनुमाननगर–कंकालिनी नगरपालिका–१४ स्थित सप्तकोसी नदीमा बुुधबार बिहान भन्सार छलीका चुराका सेटहरू डुंगामा लोड गरी ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालले बरामद गरेको हो ।

१८ हजार मूल्यको सप्तरंगी कागज, पाँच हजार पर्ने झिली कागज ३२ बन्डल, १५ हजार पर्ने र्‍यापिङ पेपर पाँच बन्डल, एक लाख पर्ने खम्बा फुल, ८० हजार पर्ने बाला चुरा सेट, करिब पाँच लाख पर्ने एक सय ७२ दर्जन बाला सेट चुरा, २५ हजार पर्ने एक सय २७ चुरा सेटलगायत आठ लाख ९३ हजार रुपैयाँबराबरको अवैध सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

त्यसैगरी, हनुमाननगर–कंकालिनी नगरपालिका–११ मा भारतबाट आठ हजार ६ सय ८० रुपैयाँबराबरको चुराका सेट बरामद गरेको जनाइएको छ । प्रहरीले सामान बोक्ने प्रदेश नं. ०१–०४–०००१ ह.००७३ नम्बरको अटोरिक्सासमेतलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय राजविराज पठाएको जनाएको छ ।

हनुमाननगर–कंकालिनी नगरपालिका–११ बस्ने २० वर्षीया अटोरिक्साचालक सेवाज खंग र सामानधनी महोत्तरी गौशाला नगरपालिका–२ बस्ने ३६ वर्षीय सन्तोषकुमार साहलाई पक्राउ गरी कारबाही अघि बढाएको छ ।