मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ मङ्सिर ३ बुधबार
  • Monday, 31 August, 2026
एजेन्सी
२o७७ मङ्सिर ३ बुधबार १९:४७:oo
Read Time : < 1 मिनेट
फिचर

समावेशिताको नमुना : न्युजिल्यान्ड प्रहरीद्वारा युनिफर्ममा ‘हिजाब’ समावेश

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७७ मङ्सिर ३ बुधबार १९:४७:oo

न्युजिल्यान्ड प्रहरीले मुस्लिम महिलालाई प्रहरी सेवामा आकर्षित गर्ने उद्देश्यले आधिकारिक ‘युनिफर्म’मा हिजाबलाई समावेश गरेको छ । नयाँ नियमसँगै जिना अली प्रहरी युनिफर्मस्वरूप हिजाब प्रयोग गर्ने पहिलो महिला बनेकी छिन् ।

न्युजिल्यान्ड प्रहरीका प्रवक्ताले देशमा रहेको सबै समुदायको प्रतिनिधित्व हुने गरी प्रहरी सेवालाई समावेशी बनाउने प्रयासस्वरूप नयाँ नियम ल्याइएको जनाएका छन् । लन्डनको महानगरीय प्रहरी र स्कटल्यान्ड प्रहरीले पनि आफ्नो आधिकारिक युनिफर्ममा हिजाब प्रयोग गर्न दिएको छ । बेलायतमा महानगरीय प्रहरीले सन् २००६ देखि नै आधिकारिक युनिफर्ममा हिजाब प्रयोग गर्न दिएको हो । स्कटल्यान्डले सन् २०१६ देखि यो सुविधा दिएको हो ।

न्युजिल्यान्ड प्रहरीले यो निर्णयका लागि सन् २०१८ देखि नै प्रयास गरेको जनाएको छ । प्रहरीकै अनुरोधमा युनिफर्ममा नयाँ परिवर्तन गरेको प्रहरी प्रशासनले जनाएको छ । त्यसमध्ये जिना अलीले युनिफर्मको रूपमा हिजाब प्रयोग गर्न दिन माग गरेकी थिइन् । त्यससँगै उनी यो नियम तय गर्ने प्रक्रियामा पनि सहभागी भएकी थिइन् ।
फिजीमा जन्मिएकी अली बाल्यकालमै न्युजिल्यान्ड पुगेकी थिइन् । उनले एउटा आतंककारी हमलापछि प्रहरीमा प्रवेश गर्ने निर्णय गरेको सुनाइन् । ‘मैले के अनुभव गरेँ भने प्रहरी सेवामा अझै धेरै मुस्लिम महिला समावेश हुन आवश्यक छ, जसले गर्दा सर्वसाधारणलाई सहयोग गर्न सहयोग पुग्नेछ,’ उनले भनिन्, ‘अहिले बाहिर गएर न्युजिल्यान्ड प्रहरीको हिजाब देखाउँदा निकै खुसी लाग्छ । मेरो विचारमा यो देखेर अरू धेरै मुस्लिम महिला न्युजिल्यान्ड प्रहरीमा भर्ती हुन इच्छुक हुने आशा गरेकी छु ।’