मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ कार्तिक २७ बिहीबार
  • Wednesday, 09 July, 2025
२o७७ कार्तिक २७ बिहीबार o८:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एक सय दश किलो गाँजासहित एक पक्राउ  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ कार्तिक २७ बिहीबार o८:१६:oo

सशस्त्र प्रहरीले एक सय दश किलो तयारी गाँजासहित एकजनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीको एकडारा चेक प्वाइन्टले ना.३च ९६२४ नम्बरको पिकअपमा मकवानपुरबाट ल्याएको गाँजा एकडारा गाउँपालिका– ३ भटौलियादेखि पश्चिम भंगहिया र  पूर्व सडकछेउकै आँपको बगैँचानजिक झार्दै गर्दा बुधबार राति ८:३० मा समातेको सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेडक्वार्टर जलसागर प्रमुख सशस्त्र प्रहरी उपरीक्षक(एसपी) सुरेश सापकोटाले बताए । 

गाँजासँगै मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका– २ चुनियानिवासी अमरकुमार थिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थिङले आफू पिकअपधनी रहेको सोधपुछका क्रममा बताए पनि प्रहरीको अनुसन्धानपछि मात्र वास्तविकता खुल्ने सशस्त्रका एसपी सापकोटाले बताए । चालक भागेकोले खोजीकार्य भइरहेको सापकोटाले बताए ।  

पिकअपभित्र कुखुरा र गाईवस्तुलाई खुवाउन प्रयोग हुने चोकर तीस बोरा रहेको र सोहीको बीच  भागमा बोरामा हालेर आठ प्याकेटमा गाँजा राखिएकोमा सोही बोराहरू झार्दैै गर्दा एकडारा चेकप्वाइन्टको टोलीले समातेको उनले बताए ।  तस्करहरूले पिकअपबाट झारेको केही बोरा लिएर भाग्दै गर्दा सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो ।

यसअघि पनि एकडारा चेकप्वाइन्टले ठूलो परिमाणमा लागुऔषध र गाँजा नेपाल प्रहरीलाई बुझाइसकेको थियो ।