१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक २६ बुधबार
  • Wednesday, 02 July, 2025
२o७७ कार्तिक २६ बुधबार o६:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वितरण भएन सामाजिक सुरक्षा भत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ कार्तिक २६ बुधबार o६:५५:oo

जुम्लाको चन्दननाथ नगरपालिकाले दसैँ र तिहारमा पनि सामाजिक सुरक्षा भत्ता वितरण गरेको छैन । भत्ता नपाएपछि अप्ठ्यारो भएको अपांगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले गुनासो गरेका छन् । 

ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपांगता भएका व्यक्तिहरूले असोजमै सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने हो । तर, अहिलेसम्म वितरण नगरेको ज्येष्ठ नागरिक संघ, जुम्ला अध्यक्ष तीर्थराज भारतीले बताए । ‘त्यही पैसाले दसँैतिहार मनाउँला भन्ने सोचेको थिएँ, अहिलेसम्म दिएका छैनन्,’ भारतीले भने, ‘जनप्रतिनिधि र कर्मचारीले आफ्नो सेवा–सुविधा समयमै लिन्छन्, हामीले पाउनुपर्ने सुविधाका विषयमा चासो राखेनन् ।’

ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिको आयस्रोत भनेकै सामाजिक सुरक्षा भत्ता भएको उनको भनाइ छ । चाडपर्वका वेला त्यही पनि नपाउँदा दुःख लागेको उनले बताए । 

चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ भएको बताइन् । ‘सामाजिक सुरक्षा वितरण गर्ने फाँटका कर्मचारीको लापरबाही र बदमासीका कारण दसैँमा पनि भत्ता उपलब्ध गराउन सकेनौँ । तिहारमा पनि भत्ता दिन सकिने अवस्था छैन । तिहारलगत्तै सामाजिक सुरक्षा भत्ता बाँड्छौँ,’ मेयर सेजुवालले भनिन् । 

चन्दननाथ नगरपालिकामा सात सय २० जना ज्येष्ठ नागरिक छन् । एकल महिला तीन सय ४५, बालबालिका एक हजार चार सय र अपांगता भएका व्यक्ति एक सय ६६ जना छन् । ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई महिनामा दुई हजार भत्ता तथा ७० वर्षमाथिकालाई दुई हजार भत्तासँगै एक हजार उपचार खर्च दिने व्यवस्था छ । त्यस्तै, एकल महिलालाई महिनामा दुई हजार र बालबालिकालाई प्रतिमहिना चार सय रुपैयाँ दिने गरिएको छ ।