१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक २४ सोमबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ कार्तिक २४ सोमबार १७:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपति भण्डारीद्वारा ‘मैले बुझेको गान्धी’ पुस्तक लोकार्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ कार्तिक २४ सोमबार १७:३o:oo

भारतका राष्ट्रपिता महात्मा गान्धीको १५१औँ जन्मजयन्ती तथा दुईवर्षे लामो ‘महात्माको १५० वर्ष’ स्मरणोत्सवको समापनका अवसरमा ‘मैले बुझेको गान्धी’ नामक सचित्र पुस्तकको लोकार्पण गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राको उपस्थितिमा राष्ट्रपति भवन, शीतलनिवासमा पुस्तकको सोमबार लोकार्पण गरिन् । 

गान्धी शिक्षाका मूल्य–मान्यताको सम्झनामा भारतीय राजदूतावासले बिपी कोइराला भारत–नेपाल फाउन्डेसनको सहकार्यमा उक्त पुस्तक प्रकाशन गरेको हो । पुस्तकले गान्धीका बारेमा पहिलोपटक विशिष्ट नेपाली दृष्टिकोणलाई एकैठाउँमा ल्याएको प्रकाशकको भनाइ छ  । गान्धीका योगदानबारे विविध क्षेत्रका नेपालका २५ प्रतिष्ठित व्यक्तित्वहरूको विचारलाई यस पुस्तकमा समावेश गरिएको छ ।