१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १५:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

विदेशबाट गर्नुपर्ने उद्धार सकिएको सरकारको निर्णय, उद्धार गर्नुपर्ने अवस्थामा कोही नरहेको निष्कर्ष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १५:२१:oo

सरकारले कोरोनापछाडि उत्पन्न परिस्थितिपछि विदेशबाट उद्धार गरी स्वदेश ल्याउनुपर्ने अवस्थामा अब कोही पनि बाँकी नरहेको निष्कर्ष निकालेको छ । 

कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को १४औँ बैठकले यस्तो निष्कर्ष निकालेको हो । 

उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले विदेशबाट अहिलेसम्म एक लाख ३६ हजार तीन सय १६ जनाको उद्धार भएको र अब उद्धार गर्नुपर्ने अवस्थामा कोही पनि नरहेको निष्कर्ष निकालेको सिसिएमसीका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए । 

उनले विभिन्न कूटनीतिक निकायबाट उद्धार आवश्यक रहेको कोही पनि नरहेको जनाएको बताए । 

यदि कोही कसैलाई उद्धार गरी ल्याउनुपरेमा नियमित उडानबाट समाहित गरेर मात्र ल्याउने निर्णय भएको सचिव गुरागाईंले बताए । 

त्यसैगरी बैठकले हाल खुला भएका नियमित उडानका अतिरिक्त दक्षिण एसियासहित विश्वका अन्य गन्तव्यबाट नियमित उडान खोल्न मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको छ ।

साथै देशमा पर्यटन गतिविधि खुला गर्न अनुमति दिन मन्त्रिपरिषदमा पठाउने निर्णय बैठकले गरेको छ । यसमा केबलकार, जंगल सफारी, सहासी पर्यटन खुला गर्नुपर्न सिफारिस गर्ने निर्णय भएको उनले जानकारी दिए ।

ad
ad