१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १९:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई कांग्रेसको समर्थन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १९:२७:oo

प्रमुख प्रतिपक्षी दल कांग्रेसले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेको छ । कांग्रेसका नेताहरू खुलामञ्च पुगेर निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेका हुन् । 

कांग्रेसको कोभिड अनुगमन समितिका संयोजकसमेत रहेका सहमहामन्त्री प्रकाशशरण महतले काठमाडौं महानगरपालिकाको अहिलेको नेतृत्वले आमनागरिकको समस्या नबुझेको बताए । अभियानलाई समर्थन गर्न खुलामञ्च पुगेका महतले महानगरपालिका आफैँले राहत पुऱ्याउनुपर्ने ठाउँमा दाताहरूले सहयोग गरे पनि रोक्न निर्देशन दिने कुरा कदापि स्वीकार्य नहुने बताए । 

कांग्रेस नेता भीमसेनदास प्रधानले निःशुल्क खाना खुवाइरहेको समूहलाई १० हजार नगद सहयोग गर्दै सरकारले विकल्प नदिँदासम्म खुलामञ्चमा खाना खुवाउन रोक्न नहुने बताए । संविधानले दिएको नागरिकको अधिकार पनि राज्यले खोसेको उनले बताए । 
हन्ड्रेड ग्रुपका संस्थापक अंशु यादवले महानगरपालिकाले तिहारसम्म खुलामञ्चमै खाना खुवाउन भनेको बताए । तिहारपछि होटेल बुकिङ गरेर भए पनि व्यवस्थापन गर्ने महानगरपालिकाले प्रतिबद्धता जनाएको उनले बताए । 

कोरोना संक्रमणको जोखिम बढेको, फोहोर भएको भन्दै महानगरपालिकाले खुलामञ्चमा खाना नखुवाउन भन्दै आएको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बुधबार पत्रकार सम्मेलन नै गरेर अन्य ठाउँमा व्यवस्थापन गर्न आग्रह गर्दै आवश्यक सहयोग महानगरले गर्ने बताएका छन् । सक्नेले श्रम गर्नुपर्ने र नसक्नेहरूलाई सबै मिलेर व्यवस्थापन गर्नुपर्ने उनले बताएका छन् ।

ad
ad