१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक १८ मंगलबार
  • Friday, 05 July, 2024
लमजुङको स्मार्ट भिलेज घलेगाउँमा दसैँ बिदामा पुगेका आन्तरिक पर्यटक
२o७७ कार्तिक १८ मंगलबार o८:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

लमजुङमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ कार्तिक १८ मंगलबार o८:२६:oo

सार्क राष्ट्रकै नमुना स्मार्ट भिलेज घलेगाउँ, राइनासकोट होमस्टे, बेँसीसहरको खासुर, खुदीको सिउरुङ, मर्स्याङ्दीको हर्सिङडाँडा, घेर्मुको रकगार्डेनलगायतका गाउँ यतिवेला आन्तरिक पर्यटकको गन्तव्य बनेका छन्

कोरोनाका कारण लामो समयदेखि पर्यटक पुग्न नसकेका लमजुङका पर्यटकीय गाउँहरूमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । पछिल्लो समय होमस्टे घुम्न गएर दसैँ मनाउने आन्तरिक पर्यटकको संख्या पनि बढेकाले पर्यटकीय गाउँमा चहलपहल बढेको हो । दसैँ बिदालाई उल्लासका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टेतिर जाने गरेका हुन् । 

सार्क राष्ट्रकै नमुना स्मार्ट भिलेज घलेगाउँ, राइनासकोट होमस्टे, बेँसीसहरको खासुर, खुदीको सिउरुङ, मस्र्याङ्दीको हर्सिङडाँडा, घेर्मुको रकगार्डेनलगायतका गाउँमा यतिवेला पर्यटक पुगेका छन् । घलेगाउँ पर्यटन व्यवस्थापन समिति घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार दसैँ मनाउन दैनिक ८० देखि सयजनासम्म पर्यटक घलेगाउँ आएका छन् । उनी भन्छन्, ‘गत वर्ष दैनिक २ सयभन्दा बढी पर्यटक घलेगाउँ आउने गर्थे, यसपटक कोरोनाका कारण पर्यटक आगमनमा कमी आएको हो ।’

दसैँमा हुने लामो बिदामा धेरै व्यक्तिहरू विभिन्न स्थानमा घुम्न निस्किन्छन्, तर यसपटक भने कोरोनाका कारण पर्यटकको संख्यामा कमी आएको छ  । पर्यटकको आगमन बढेसँगै होमस्टे सञ्चालकहरूको व्यस्तता पनि बढ्न थालेको होमस्टे सञ्चालक विष्णु गुरुङ बताउँछिन् । उनी भन्छिन्, ‘कोरोनाका कारण ६ महिनासम्म पर्यटक नआउँदा कामविहीन बनेकी थिएँ, अहिले पर्यटक आएसँगै पर्यटकको स्वागत–सत्कारमा व्यस्त छु ।’

पछिल्लो समय लमजुङ ग्रामीण पर्यटनको हबसमेत बन्दै गएको छ । ‘होमस्टे, प्राकृतिक दृश्यावलोकनका लागि पर्यटकीय गाउँहरूमा पर्यटकको आकर्षण बढेको हो,’ दसैँ बिदा मनाउन घलेगाउँ गएकी दोर्दी गाउँपालिका–१ भारतेकी शिला पराजुली बताउँछिन् । उनले भनिन्, ‘दसैँ बिदा मनाउन साथीहरूको समूह मिलेर घलेगाउँ होमस्टे गयौँ, होमस्टे प्रवद्र्धनमा यसले सघाउ पुग्नेछ ।’

उनी मात्र होइन, दसैँ बिदा मनाउन बेँसीसहरका सन्देश घिमिरेले पनि राइनासकोट पुगेको बताए । पर्यटकीय गाउँहरूमा कृषिसँगै पर्यटन नै मुख्य पेसा रहेको छ । दैनिक पर्यटकको चहलपहल हुने यी गाउँहरूमा यस वर्ष कोरोनाका कारण ६–७ महिनासम्म पर्यटक पुग्न नसके पनि दसैँ बिदा मनाउन आएका पर्यटकहरू पर्यटकीय गाउँमा पुगेका हुन् । 

ad
ad
ad
ad