मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक १७ सोमबार ०५:३८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लक्ष्मी बैंकलाई एडिबीद्वारा सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक १७ सोमबार ०५:३८:००

लक्ष्मी बैंकले एसियाली विकास बैंकको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामबाट सन् २०२० का लागि नेपालको अग्रणी साझेदार बैंकका रूपमा सम्मान प्राप्त गरेको छ ।

एसियाली बैंकको उक्त प्रोग्रामसँग २०१९ जुलाई १ देखि २०२० जुन ३० को अवधिमा नेपालबाट सर्वाधिक कारोबार गरेबापत हालै सम्पन्न एक भर्चुअल कार्यक्रममा बैंकलाई सम्मान गरिएको हो ।

 लक्ष्मी बैंकले देशभरमा १ सय २१ शाखा, ७ एक्सटेन्सन काउन्टर, ४ हस्पिटल सेवा काउन्टर, १ सय ५१ एटिएम, २ हजार ५ सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६१ शाखारहित बैंकिङमार्फत सेवा दिँदै आएको जनाएको छ ।