१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
रासस–एएनआई
२o८१ बैशाख १८ मंगलबार १३:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट

भारतमा कोरोना संक्रमित ८१ लाख ८४ हजार नाघे, एक लाख २२ हजारभन्दा बढीको मृत्यु

Read Time : < 1 मिनेट
रासस–एएनआई
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १३:oo:oo

भारतमा कोरोना भाइरस संक्रमितको संख्या आइतबारसम्ममा ८१ लाख ८४ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४६ हजार नौ सय ६४ जना संक्रमित थपिएका छन् भने चार सय ७० जनाको मृत्यु भएको छ । 

संक्रमितमध्ये करिब ७४ लाख ९१ हजार व्यक्ति संक्रमणमुक्त पनि भएका छन् । कोभिड– १९ संक्रमणबाट हालसम्म एक लाख २२ हजार एक सय ११ जनाको मृत्यु भएको छ । केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको छ ।

भारतभर हाल पाँच लाख ७० हजार चार सय ५८ जना सक्रिय संक्रमित रहेका छन् । भारतको महाराष्ट्र राज्य सबैभन्दा  प्रभावित राज्यको रूपमा रहेको छ । यहाँ एक लाख २४ हजार एक सय ४२ जना सक्रिय संक्रमित छन् । महाराष्ट्रमा १५ लाख १० हजार तीन सय ३५ जना भाइरसमुक्त भएका छन् भने ४३ हजार नौ सय ११ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

त्यसपछि दोस्रो स्थानमा केरला रहेको छ । यहाँ ९१ हजार दुई सय ९७ जना सक्रिय संक्रमित छन् । तीन लाख ४० हजार तीन सय २४ जना कोरोनामुक्त भएका छन् । एक  हजार चार सय ८४ जनाको मृत्यु भएको जनाइएको छ । तमिलनाडुमा २२ हजार एक सय ६४ जना सक्रिय संक्रिमित रहेका छन् भने नयाँदिल्लीमा ३२ हजार सात सय १९ जना सक्रिय संक्रमित छन् । 
 

ad
ad