मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ कार्तिक १२ बुधबार
  • Saturday, 12 July, 2025
२o७७ कार्तिक १२ बुधबार १२:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कुखुरा फर्ममा तास खेलिरहेका पाँचजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ कार्तिक १२ बुधबार १२:४४:oo

कैलालीमा कुखुराको फर्मभित्र तास खेलिरहेका पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्लाको गौरीगंगा नगरपालिका– ६ मा रहेको कुखुराको फर्मभित्र तास खेलिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 

पक्राउ पर्नेमा ६० वर्षीय भक्तबहादुर शाही, ३६ वर्षीय रंग साउद, ४२ वर्षीय रामबहादुर साउद, ४५ वर्षीय डम्बर शाही र ५२ वर्षका वीरबहादुर साउद रहेको प्रहरीले जनाएको छ । 

उनीहरूको साथबाट नगद दुई लाख २३ हजार पाँच सय र दुई गड्डी ताससमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसबारेमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।